जेसीज् सेकेण्डरी स्कूलमा अभिभावक अभिमुखीकरण सम्पन्न

जेसीज् सेकेण्डरी स्कूलमा अभिभावक अभिमुखीकरण सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २ । भक्तपुर नगरपालिका वडा २ इन्द्रायणी पीठमा अवस्थित जेसीज् सेकेण्डरी स्कूलले एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम-२०८१ शनिबार सम्पन्न गरेको छ ।

विद्यार्थीहरूको पढाइसँगसँगै उनीहरूको चौतर्फी विकासका लागि विद्यालयले उक्त एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम ECEC को प्राविधिक सहयोगमा गरिएको हो ।

सो अभिभावक अभिमुखीकरण कार्यक्रममा उपस्थित सम्पूर्ण अभिभावकलाई आ आफ्नो बालबालिका को सर्वाङ्गिण विकासका लागि ध्यान दिनु पर्ने विभिन्न पक्षहरुका बारेमा चर्चा गरिएको थियो ।

उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा नर्सरी, जेकेजी, एसकेजीका विद्यार्थीहरुका अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको कुरा विद्यालयका प्रिन्सिपल जय राम गोर्खालीले आइकन खबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
0
+1
0
+1
0
Published Date: 15 March 2025
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न