बिपी राजमार्ग मर्मतको काम तीव्र गतिमा अघि बढ्दै

बिपी राजमार्ग मर्मतको काम तीव्र गतिमा अघि बढ्दै : Icon Khabar
फाइल तस्बिर

रामेछाप, फागुन १९ । गत असोज महिनामा आएको बाढीले क्षति पुर्याएको बिपी राजमार्ग मर्मतको काम तीव्र गतिमा अघि बढेको छ ।

वर्षा याममा पनि सडकमा नियमित यातायात सञ्चालन हुनसक्ने गरी अस्थायी रूपमा सडक मर्मतको सुरु भएको हो । अस्थायी सडक पुनर्निर्माणका लागि सडक डिभिजन कार्यालयले आफूसँग भएका औजार उपकरणहरू प्रयोग गरी काम अघि बढाएको छ ।

बाढीले क्षति पु¥याएको रोशीखोला क्षेत्रमा सडक मर्मतको कामलाई तीव्रता दिइएको छ । अहिले सडक डिभिजनका लोडर र डोजर प्रयोग गरी सडक मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय खाल्टेका सूचना अधिकारी इञ्जिनियर सुदर्शन अधिकारीले जानकारी दिए ।

रोशी खोलाको बहावलाई फर्काउने, खोलाको ढुङ्गा र बालुवा निकालेर सडक क्षेत्रलाई अग्लो बनाउने, खोलामा बाँध बाँध्ने, ग्याभिनवाल लगाउने तथा खोला किनारमा अस्थायी तटबन्धन गर्ने काम तीव्र रूपमा भइरहेको उनले बताए । ‘खोलालाई गहि¥याएर पठाउने र सडक उकास्ने काममा हामी लागेका छौँ, वर्षा याममा पनि सडक अवरुद्ध नहुने गरी काम भइरहेको छ’, उनले भने ।

बिपी मार्गको रोशी खोला खण्डमा बाढीले ठुलो क्षति पु¥याएको छ । रोशी किनारको सडकको अधिकांश भाग बाढीले बगाएको छ । अहिले काठमाडौंबाट रामेछाप, सिन्धुली लगायत पूर्व आउने यात्रीहरूले खोला बगरको कच्ची सडकमा निकै कष्टकर र जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

बिपी राजमार्गको धुलिखेल नेपालथोक र नेपाथोक खुर्कोट खण्ड अस्थायी रूपमा मर्मतको लागि सरकारले २१ करोड २५ लाख विनियोजन गरेको छ ।

सो बजेटबाट गर्ने कामको डिजाइन भइरहेको र डिजाइन सकिएपछि लागत स्टमेट निकालेर ठेक्का प्रक्रियामा जाने अधिकारीले जानकारी दिए । ‘त्यो ठेक्का प्रक्रियामा जान्छ, अहिले भएको काम सडक विभागको आफ्नै आन्तरिक साधन र स्रोतबाट भइरहेको छ’, उनले भने ।

Published Date: 03 March 2025




ताजा
भक्तपुरमा अन्तर–वडा फुटसल प्रतियोगिताको रोमाञ्चक प्रतिस्पर्धा जारी, आज अपरान्ह तीन खेल हुने
सोमबार सुनको भाउ बढ्यो
धुलिखेल अस्पतालमा सेवाग्राहीको आक्रोश : सर्भर डाउन हुँदा ३ घण्टादेखि सेवा प्रभावित
तीन प्रदेशमा बदली र वर्षाको सम्भावना, सुदूरपश्चिम र लुम्बिनीमा तातो हावाको जोखिम




ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य