कलाकार मात्र नभइ उत्कृष्ट गायक र बाँसुरीवादक पनि हुन् डेनी डेन्जोङ्पा

कलाकार मात्र नभइ उत्कृष्ट गायक र बाँसुरीवादक पनि हुन् डेनी डेन्जोङ्पा : Icon Khabar

मुम्बई, फागुन १९ । बलिउडका लोकप्रिय खलनायकहरूको सूची तयार पारिँदा त्यसमा डेनी डेन्जोङ्पाको नाम कहिले पनि छुट्दैन । उनले बलिउडमा बनाएको प्रभावशाली खलनायकको छविका कारण उनलाई आज पनि दर्शकले उत्साहित हुँदै सम्झन्छन् ।

२५ फेब्रुअरी १९४८ मा हिन्दी फिल्मका उत्कृष्ट अभिनेता डेनी डेन्जोङ्पाको जन्म सिक्किमको एक धनी परिवारमा भएको हो ।

डेनीले आफ्बो पढाइ पूरा गरेपछि पुणेको फिल्म एण्ड टेलिभिजन इन्स्टिट्युट अफ इण्डियामा अभिनय सिके । त्यहाँ उनको भेट जया बच्चनसँग भयो र उनीहरू अभिनय सिक्ने क्रममा नजिकका साथी बने ।

रोचक कुरा के छ भने, डेनी नाम पनि उनलाई जया बच्चनले नै दिएकी थिइन् । डेनीको नामले चिनिनु अगाडि उनको नाम शेरिङ फिन्ट्सो डेन्जोङ्पा थियो । पछि, शेरिङ फिन्टसोले डेनी नामबाटै बलिउडमा आफ्नो पहिचान बनाए ।

रोचक कुरा के हो भने डेनी बलिउडमा अभिनयको अवसर खोजिरहेका थिए, यहि क्रममा उनी निर्देशक मोहन कुमारको घरमा पुगे । उनले फिल्ममा काम माग्दा, मोहन कुमारले उनलाई बंगला सुरक्षाका लागि गार्ड बन्न सल्लाह दिए ।

यो अपमानलाई डेनीले कहिल्यै बिर्सन सकेनन् । जब उनले फिल्म उद्योगमा ठूलो सफलता प्राप्त गरे, उनले मोहन कुमारको घर नजिकै ठूलो बंगला किनेर आफ्नो अपमानको जवाफ दिएको कुरा अति नै रोचक रहेको छ ।

अभिनयमा मात्र नभइ डेनी उत्कृष्ट गायक र बाँसुरीवादक पनि हुन् । नेपाली फिल्महरूका लागि पनि उनले धेरै गीत गाएका छन् । सुन कथा एउटा गीत हार हो कि मेरो जीत उनले गाएको एउटा लोकप्रिय नेपाली गीत हो ।

उनले हिन्दी फिल्मका लागि प्लेब्याक सिङ्गिङ पनि गरेका छन् । लता मंगेशकर, किशोर कुमार, मोहम्मद रफी र आशा भोसलेसँग पनि उन

Published Date: 03 March 2025


ताजा
रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, केन्द्रीय समिति चयन प्रक्रिया जारी
रोनाल्डोको दुई गोलमा पोर्चुगलको शानदार जित, उज्वेकिस्तान ५–० ले पराजित
बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा तातो लहरको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी