कलाकार मात्र नभइ उत्कृष्ट गायक र बाँसुरीवादक पनि हुन् डेनी डेन्जोङ्पा

कलाकार मात्र नभइ उत्कृष्ट गायक र बाँसुरीवादक पनि हुन् डेनी डेन्जोङ्पा : Icon Khabar

मुम्बई, फागुन १९ । बलिउडका लोकप्रिय खलनायकहरूको सूची तयार पारिँदा त्यसमा डेनी डेन्जोङ्पाको नाम कहिले पनि छुट्दैन । उनले बलिउडमा बनाएको प्रभावशाली खलनायकको छविका कारण उनलाई आज पनि दर्शकले उत्साहित हुँदै सम्झन्छन् ।

२५ फेब्रुअरी १९४८ मा हिन्दी फिल्मका उत्कृष्ट अभिनेता डेनी डेन्जोङ्पाको जन्म सिक्किमको एक धनी परिवारमा भएको हो ।

डेनीले आफ्बो पढाइ पूरा गरेपछि पुणेको फिल्म एण्ड टेलिभिजन इन्स्टिट्युट अफ इण्डियामा अभिनय सिके । त्यहाँ उनको भेट जया बच्चनसँग भयो र उनीहरू अभिनय सिक्ने क्रममा नजिकका साथी बने ।

रोचक कुरा के छ भने, डेनी नाम पनि उनलाई जया बच्चनले नै दिएकी थिइन् । डेनीको नामले चिनिनु अगाडि उनको नाम शेरिङ फिन्ट्सो डेन्जोङ्पा थियो । पछि, शेरिङ फिन्टसोले डेनी नामबाटै बलिउडमा आफ्नो पहिचान बनाए ।

रोचक कुरा के हो भने डेनी बलिउडमा अभिनयको अवसर खोजिरहेका थिए, यहि क्रममा उनी निर्देशक मोहन कुमारको घरमा पुगे । उनले फिल्ममा काम माग्दा, मोहन कुमारले उनलाई बंगला सुरक्षाका लागि गार्ड बन्न सल्लाह दिए ।

यो अपमानलाई डेनीले कहिल्यै बिर्सन सकेनन् । जब उनले फिल्म उद्योगमा ठूलो सफलता प्राप्त गरे, उनले मोहन कुमारको घर नजिकै ठूलो बंगला किनेर आफ्नो अपमानको जवाफ दिएको कुरा अति नै रोचक रहेको छ ।

अभिनयमा मात्र नभइ डेनी उत्कृष्ट गायक र बाँसुरीवादक पनि हुन् । नेपाली फिल्महरूका लागि पनि उनले धेरै गीत गाएका छन् । सुन कथा एउटा गीत हार हो कि मेरो जीत उनले गाएको एउटा लोकप्रिय नेपाली गीत हो ।

उनले हिन्दी फिल्मका लागि प्लेब्याक सिङ्गिङ पनि गरेका छन् । लता मंगेशकर, किशोर कुमार, मोहम्मद रफी र आशा भोसलेसँग पनि उन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 March 2025
Website | + posts




ताजा
दुई खेल अगावै नेपाल टी-२० विश्वकपमा छनोट
जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड
पचास रुपैयाँको ४२ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
बुधबार नेप्से परिसूचक २२.५८ अंकले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित