काठमाडौँ र अर्घाखाँचीबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौँ र अर्घाखाँचीबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ : Icon Khabar

काठमाडौं, फागुन १९ । काठमाडौँ र अर्घाखाँचीबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।

काठमाडौँको शंखरापुर नगरपालिका-३ बस्ने ४१ ज्ञान बहादुर तामाङको हिमालयन भ्यू पोइन्ट रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ज्ञान बहादुर समेत ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३३ हजार २ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

उता अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-५ धारीचौर बस्ने राधिका बेल्वासेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ३७ वर्षीय तुल्सी रायमाझी समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खिल्जीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published Date: 03 March 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर