काठमाडौँ र अर्घाखाँचीबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौँ र अर्घाखाँचीबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ : Icon Khabar

काठमाडौं, फागुन १९ । काठमाडौँ र अर्घाखाँचीबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।

काठमाडौँको शंखरापुर नगरपालिका-३ बस्ने ४१ ज्ञान बहादुर तामाङको हिमालयन भ्यू पोइन्ट रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ज्ञान बहादुर समेत ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३३ हजार २ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

उता अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-५ धारीचौर बस्ने राधिका बेल्वासेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ३७ वर्षीय तुल्सी रायमाझी समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खिल्जीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 March 2025
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने