स्ववियुको चुनावअन्तर्गत आज संघ–संगठन दर्ता हुँदै

स्ववियुको चुनावअन्तर्गत आज संघ–संगठन दर्ता हुँदै : Icon Khabar

काठमाडौँ, फागुन १९ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावअन्तर्गत सोमबार संघ–संगठन दर्ता हुँदैछ।

चैत पाँच गते हुने स्ववियु निर्वाचनका लागि आज बिहान ७ बजेदेखि दिउँसो ३ः०० बजेसम्म तय गरिएको छ। बिहान पढाइ हुने ठाउँमा क्याम्पसले आफ्नो अनुकूलताका आधारमा समय तय गरेका छन्।

त्यहाँको निर्वाचन समितिले नै त्यसको व्यवस्थापन गरिरहेको छ।

त्रिभुवन विश्वविद्यालयका ६१ वट आंगिक क्याम्पसमा भने दिउँसो ३ः०० बजे संगठन दर्ताको समय तोकिएको निर्वाचन समितिले जानकारी दिएको छ।

निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित हुनेछ।

फागुन २५ गते दिउँसो १ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोधको समय छुट्टयाइएको छ।
फागुन २५ गते साँझ ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ। फागुन २६ गते बिहान ११ बजे देखि २ः बजेसम्म मनोनयन पत्र वितरण र फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची छ।

चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ः०० बजेसम्म मतदान हुनेछ।

Published Date: 03 March 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु