भूकम्पले सिन्धुपाल्चोकको तातोपानीनजिकै सुख्खा पहिरो खस्यो

भूकम्पले सिन्धुपाल्चोकको तातोपानीनजिकै सुख्खा पहिरो खस्यो : Icon Khabar

सिन्धुपाल्चोक, फागुन १६ । शुक्रबार बिहानको भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा सुख्खा पहिरो खसेको छ। गाउँपालिकाको वडा नम्बर ३ तातोपानीनजिकै पहिरो खसेको वडाध्यक्ष निमासोना शेर्पाले जानकारी दिए।

उनकाअनुसार पहिरो उल्लेखनीयरूपमा खसेको छैन। पहिरोबाट भौतिक क्षति पनि भएको छैन। ‘त्यहाँ बर्खायाममा पनि पहिरो गइरहन्थ्यो। अहिले पनि सानो पहिरो खसेको छ। राति भूकम्पको धक्का ठूलै महसुस गरिएको थियो। अहिलेसम्म क्षतिको जानकारी आएको छैन। हामी पनि बिहानैदेखि विवरणबारे सोधिरहेका छौं,’ उनले भने।

शुक्रबार बिहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 February 2025
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने