भूकम्पले सिन्धुपाल्चोकको तातोपानीनजिकै सुख्खा पहिरो खस्यो

भूकम्पले सिन्धुपाल्चोकको तातोपानीनजिकै सुख्खा पहिरो खस्यो : Icon Khabar

सिन्धुपाल्चोक, फागुन १६ । शुक्रबार बिहानको भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा सुख्खा पहिरो खसेको छ। गाउँपालिकाको वडा नम्बर ३ तातोपानीनजिकै पहिरो खसेको वडाध्यक्ष निमासोना शेर्पाले जानकारी दिए।

उनकाअनुसार पहिरो उल्लेखनीयरूपमा खसेको छैन। पहिरोबाट भौतिक क्षति पनि भएको छैन। ‘त्यहाँ बर्खायाममा पनि पहिरो गइरहन्थ्यो। अहिले पनि सानो पहिरो खसेको छ। राति भूकम्पको धक्का ठूलै महसुस गरिएको थियो। अहिलेसम्म क्षतिको जानकारी आएको छैन। हामी पनि बिहानैदेखि विवरणबारे सोधिरहेका छौं,’ उनले भने।

शुक्रबार बिहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

Published Date: 28 February 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली