नेपाल टेलिकमको खुद नाफा बढ्यो

नेपाल टेलिकमको खुद नाफा बढ्यो : Icon Khabar

काठमाडौं, माघ २९ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमले गत वर्षको सोही अवधिको भन्दा ९.१६% ले खुद नाफा वृद्धि गरेको हो ।

गत वर्ष यसले ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो । टेलिकमको सेवा व्यापारबाट आम्दानी घटेपनि अन्य आम्दानी बढाउन सफल भएपछि खुद नाफामा सुधार भएको देखिन्छ ।

गत वर्ष टेलिकमले सेवा व्यापारबाट १९ अर्ब २० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेकामा यसपटक घटेर १८ अर्ब ७ करोड ७३ लाख रुपैयाँमा झरेको छ । यता, अन्य आम्दानी भने २ अर्ब ७८ करोड १९ लाख रुपैयाँबाट बढेर ४ अर्ब २ करोड ३७ लाख रुपैयाँ पुगेको छ । जसका कारण खुद नाफामा सुधार भएको हो ।

नेपाल टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७४ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ जम्मा छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि ४३ रुपैयाँ ८६ पैसाबाट बढेर ४७ रुपैयाँ २८ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ ५१२ रुपैयाँ ९२ पैसा छ ।

Published Date: 12 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?