आइतबार नेप्से सूचक झण्डै ३ प्रतिशतले घट्यो

आइतबार नेप्से सूचक झण्डै ३ प्रतिशतले घट्यो : Icon Khabar

काठमाडौं, माघ २९ । आइतबार बजार खुलेदेखि नै नेप्से सूचक उच्च अंकले घटेको छ। आज नेप्से सूचक ६०.७७ अंकले घटेर २१२१.८६
विन्दुमा झरेको छ। आइतबार कारोबार रकम भने ३ अर्ब रुपैयाँ माथि पुगेको छ। आज ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँ बराबरको ८१ लाख ३९ हजार ८४० कित्ता शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा हाइड्रोपावर, फाइनान्स लगायतका उपसमूहको सूचक ४ प्रतिशतभन्दा धेरैले घटेको छ। खप्तड लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै करिब ५ प्रतिशतले बढेको छ भने सामलिङ्ग पावर, सयपत्री हाइड्रोपावर, बाराही हाइड्रोपावरको शेयरमूल्य २ प्रतिशतभन्दा धेरै बढेको छ।

यता सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै करिब ७ प्रतिशतले घटेको छ भने ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर, बरुण हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमूल्य उच्च दरमा घटेको छ।

आइतबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावर, अपि पावर र अपर तामाकोशी हाइड्रोपावरको उच्च शेयर कारोबार भएको छ।

Published Date: 12 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा