आइतबार नेप्से सूचक झण्डै ३ प्रतिशतले घट्यो

आइतबार नेप्से सूचक झण्डै ३ प्रतिशतले घट्यो : Icon Khabar

काठमाडौं, माघ २९ । आइतबार बजार खुलेदेखि नै नेप्से सूचक उच्च अंकले घटेको छ। आज नेप्से सूचक ६०.७७ अंकले घटेर २१२१.८६
विन्दुमा झरेको छ। आइतबार कारोबार रकम भने ३ अर्ब रुपैयाँ माथि पुगेको छ। आज ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँ बराबरको ८१ लाख ३९ हजार ८४० कित्ता शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा हाइड्रोपावर, फाइनान्स लगायतका उपसमूहको सूचक ४ प्रतिशतभन्दा धेरैले घटेको छ। खप्तड लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै करिब ५ प्रतिशतले बढेको छ भने सामलिङ्ग पावर, सयपत्री हाइड्रोपावर, बाराही हाइड्रोपावरको शेयरमूल्य २ प्रतिशतभन्दा धेरै बढेको छ।

यता सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै करिब ७ प्रतिशतले घटेको छ भने ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर, बरुण हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमूल्य उच्च दरमा घटेको छ।

आइतबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावर, अपि पावर र अपर तामाकोशी हाइड्रोपावरको उच्च शेयर कारोबार भएको छ।

Published Date: 12 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?