साधारणसभाबाट रिडी पावरको बम्पर लाभांश पारित

साधारणसभाबाट रिडी पावरको बम्पर लाभांश पारित : Icon Khabar

काठमाडौं, माघ २९ । रिडी पावर कम्पनी लिमिटेडको २१औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर काठमांडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसै गरि रिडी कम्पनीलेसाझा पावर डेभलपमेन्ट कम्पनी प्रा.लि. मार्फत सिन्धुपाल्चोक जिल्लाको बलेफि गाउँपालिकामा बलेफिखोलामा २० मेगावाट क्षमताको तल्लो बलेफि आयोजना निर्माण गर्न उक्त कम्पनीको शेयर खरिद गर्ने प्रस्ताव पारित भएको छ ।

कम्पनीले आगामी दिन जलाशय प्रकृतिका नयाँ आयोजनाहरुको खोजि गरी पिकिंङ समयको लागि विद्युत आपूर्ति गर्ने उद्देश्य लिई आयोजनाहरुको खोजि कार्य भइरेको र अन्य कम्पनीले सञ्चालन गरेको आयोजनाहरुलाई मर्जर मार्फत आकर्षण गर्ने नीति अवलम्बन गरेको छ ।

Published Date: 12 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?