सरकारले चार प्रकारका नसर्ने रोगको निःशुल्क परीक्षण गर्ने

सरकारले चार प्रकारका नसर्ने रोगको निःशुल्क परीक्षण गर्ने : Icon Khabar

काठमाडौँ, फागुन १ । नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेले नसर्ने रोग पहिचानका लागि एक महिने अभियानको शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताएका हुन्।

पछिल्लो समयमा नेपालमा नसर्ने रोगका कारण बिरामी हुने एवम् मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।

उनले भने, “नेपालमा हुने मृत्युको लगभग तीन चौथाइ अर्थात ७१ प्रतिशत (एक लाख २७ हजार ५५३ )नसर्ने रोगका कारणले गर्दा भएको तथ्याङ्क छ ।”

डा.घिमिरेका अनुसार बललिँदो जीवनशैली, बढ्दो सहरीकरण, परिवतर्तित जनसङ्ख्याको अनुपात, जलवायु परिवर्तन जस्ता विविध कारणले नसर्ने रोगको समस्या नेपालमा बढ्दै गएको हो ।

हरेक चार वयस्कमध्ये एक जनालाई उच्च रक्तचाप हुने सर्वेक्षणले देखाएको छ । समयमै पहिचान र उपचार नहुँदा उच्च रक्तचापबाट हुने जटिलताहरू जस्तै मस्तिष्कघात, हृदयघात, दीर्घ मिर्गौला रोग आदिको व्यवस्थापनमा व्यक्ति, परिवार तथा राज्यको ठुलो धनराशी खर्च हुनका साथै बिरामीको अल्पायूमै मृत्यु भइरहेको छ ।

जनस्वास्थ्यका रूपमा देखा पर्दै गएको नसर्ने रोगलाई नियन्त्रण गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मधुमहे, उच्च रक्तचाप, शरीरको उचाइ र तौलको अनुपातको पहिचान गर्न फागुन १ गते अथार्त आज (बिहीबार)बाट नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान सुरु गरेको ।

उक्त अभियानमा प्रत्येक स्वास्थ्य संस्थामा चार प्रकारका नसर्ने रोग मधुमेह (रगतमा चिनीको मात्रा परीक्षण), रक्तचाप (ब्लडप्रेसर) मापन, मिर्गौलासम्बन्धी रोगको, उचाइ र तौलको आधारमा बिएमआई मापन निःशुल्क परीक्षण गरिने डा.घिमिरेले जानकारी दिए ।

नेपालमा मृत्यु र अपाङ्गताको मुख्य कारणका रूपमा रहेको नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखी फागुन महिनाभर नसर्ने रोगको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन गरिएको उनले जानकारी दिए।

स्वास्थ्य सचिव डा.रोशन पोखरेलले आफ्नो स्वास्थ्यको ख्याल आफैँ राख्न आग्रह गरे । यो अभियानमा रोग लागे/नलागेको जाँच गरेर ढुक्क हुन उनको सुझाव छ ।

‘समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वास्थ र दीर्घ जीवन बाँचौ’ भन्ने नाराका साथ अभियान देशभरका स्थानीय तहअन्तर्गतका सबै स्वास्थ्य संस्थामा फागुन महिनाभर सञ्चालन गरिएको छ ।

Published Date: 13 February 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी