काठमाडौं, फागुन १ । आज १३ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डेको अघिल्लो दिन । आजको दिनलाई प्रेमिल जोडीहरुले मात्र होइन, हरेक व्यक्तिले किस डे अर्थात चुम्बन दिवसको रुपमा मनाउँछन् ।
किस डेलाई भ्यालेन्टाइन्स सप्ताहकै सबैभन्दा रोमान्टिक दिन मानिन्छ । आजको दिन प्रेमि प्रेमिकाले एकअर्कालाई किस गरेर आफ्नो माया व्यक्त गर्छन् । भ्यालेनटाइन्स सप्ताहका हरेक दिनहरु प्रेमिल जोडीबाहेक साथी भाईसग पनि मनाउन सकिन्छ । तर किस डे भने विशेष गरी प्रेमी-प्रेमीकाले मनाउने गर्दछन् ।
भनिन्छ, आजको दिन एउटा किसले प्रेमको गहिराई बुझाई प्रेमीहरूको सम्बन्धलाई अझ मजबुत बनाई राख्दछ। के तपाईँलाई थाहा छ किस गर्नाले शरीरमा हार्मोन उत्पादन हुनुका साथै स्वास्थ्यलाई पनि निकै फाइदा पुर्याउँछ भन्ने कुरा ? यस्ता छन् किस गर्नाका फाइदाहरुः
इम्युन सिस्टमलाई राम्रो बनाउँछ
के तपाईँलाई थाहा थियो त किस गर्नु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ भन्ने कुरा ? केबल १० सेकेन्डसम्मको किसमा ८० मिलियन फाइदाजनक ब्याक्टेरिया ट्रान्सफर हुन्छ । किस गर्दा ट्रान्सफर हुने ब्याक्टेरिया शरीरको लागि निकै फाइदाजन साबित हुन्छ । यसले केवल इम्युन सिस्टमलाई राम्रो राख्न मात्र नभै पूरै शरीरलाई धेरै प्रकारका रोगबाट लड्नको लागि मद्दत गर्दछ । किस गरिसकेपछि शरीरमा एक हार्मोन ९जिसे एड्रेनालिन ० उत्पन्न हुन्छ, जुन मुटुको लागि निकै फाइदाजन रहन्छ । यसले मुटुको रगतलाई पम्प गर्न मद्दत गर्दछ, जस कारण रगत पूरै शरीरमा सञ्चालन हुन्छ । त्यस्तै किस गर्नाले ब्लड प्रेशरलाई पनि कन्ट्रोल गर्दछ ।
ब्याक्टेरिया नष्ट
चुम्बन गर्दा मुखमा निस्कने र्यालले दाँतको दाग हटाउँछ र ब्याक्टेरियालाई मार्छ । एक मिनेटको चुम्बनले दुईदेखि तीन क्यालोरी घटाउँद छ । किस गर्दा क्यालोरी मात्र घटाउने काम मात्र नभई यसले पुरै शरीरको मेटाबोलिक दरलाई बढाउने गर्दछ ।
मूड सुधार
किसले मन र दिमाग दुवैलाई खुशी बनाउँछ भन्ने मान्यता रहेको छ । यस्तै किस गर्नाले मानिसलाई जवान बनाउँछ र दुई व्यक्तिबिचको दूरीलाई पनि हटाउन मद्दत गर्दछ। चुम्बनले तनाव र चिन्तालाई पनि कम गर्दछ । चुम्बनले व्यक्तिको मूड पनि सुधार गर्छ । एक अर्कालाई नियमित किस गर्ने मानिस लामो समयसम्म शारीरिक रूपमा स्वस्थ पनि रहन्छ ।
तसर्थ, किस डे भ्यालेन्टाइन सप्ताहको महत्त्वपूर्ण र रोमान्टिक दिन हो, जसले प्रेम मात्र बढाउँदैन स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ।
Published Date: 13 February 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1