सामाजिक सञ्जाल विधेयक पुन:लेखन गर्न पत्रकार महासंघको माग

सामाजिक सञ्जाल विधेयक पुन:लेखन गर्न पत्रकार महासंघको माग : Icon Khabar

काठमाडौँ, फागुन १ । सरकारले सामाजिक सञ्जालका नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासंघले विरोध गरेको छ।

राष्ट्रिय सभामा दर्ता भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयक तत्काल फिर्ता लिन र महासंघसहित सरोकारवालासँग छलफल गरेर पुन:लेखन गर्न माग गरेको छ।

सोमबार र मंगलबार काभ्रेको धुलिखेलमा बसेको महासंघको पहिलो कार्यमूलक बैठकले सरकारले यही अवस्थामा उक्त विधेयक अघि बढाए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको हो।

महासंघले राष्ट्रिय सभाबाट पारित भएको मिडिया काउन्सिल विधेयकमासमेत आफ्ना सुझावहरू नसमेटेको भन्दै संशोधन गरेर मात्रै पारित गर्न आग्रह गरेको छ।

महासंघले संघ, प्रदेश र स्थानीय तहबाट समेत कानूनहरू बन्ने क्रममा रहेकामा त्यस्ता कानूनहरू निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अधिकारसम्बन्धी व्यवस्था ख्याल गर्न आग्रह गरेको छ।

श्रमजीवी पत्रकार ऐनमा समयसापेक्ष संशोधनसहित पूर्ण कार्यान्वयनका लागि सरकारसँग माग गरेको छ। महासंघले धरानका पत्रकार गोपाल दाहालमाथि भएको दुर्व्यवहार र धम्कीको घटनामा महासंघको स्थलगत अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै कार्यस्थलमा पत्रकारको भौतिक सुरक्षाको ग्यारेण्टी गर्न माग गरेको छ।

Published Date: 13 February 2025
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता