कात्तिकेबाट आउंदै गरेको स्कूल बस शंखरापुरमा दुर्घटना

कात्तिकेबाट आउंदै गरेको स्कूल बस शंखरापुरमा दुर्घटना : Icon Khabar

काठमाडौं, माघ ३० । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा बस दुर्घटना भएको छ । शंखरापुरस्थित कात्तिकेबाट साँखु आउने जाने सडकमा बस दुर्घटनामा परेको हो ।

बा २ ख ७९५८ नम्बरको स्कुलको विद्यार्थी बोकेका बस दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।

उक्त बस नगरकोट पिकनिक गएर फर्केको थियो । चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो ।

बसमा अन्दाजी ४०/५० जना सवार भएको बताइए पनि यकिन हुन बाँकी नै रहेको एसपी बोहोराले बताए । अहिले उद्धारको काम भइरहेको छ । दुर्घटनामा केही व्यक्ति मृत्यु भएको हुनसक्ने आशंका छ ।

अहिले उद्धार गर्दै घाइतेहरुलाई अस्पताल पठाउने काम भइरहेको प्रहरीको भनाइ छ । घुम्तीमा नमोडीकन बस सोझै कान्लाबाट तल खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

Published Date: 12 February 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर