विद्युत प्राधिकरणको लापरबाहीले गर्दा बबरमहलमा मेलम्चीको पाइप फुट्यो: केयुकेएल

विद्युत प्राधिकरणको लापरबाहीले गर्दा बबरमहलमा मेलम्चीको पाइप फुट्यो: केयुकेएल : Icon Khabar

काठमाडौँ, माघ ३० । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले बबरमहल क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्दा मुख्य वितरण प्रणालीकै पाइपमा क्षति पुर्‍याएको र अचानक फुट्दा बाढीको रूप लिएको बताएको छ।

बुधबार दिउँसो साढे २ बजेतिर बबरमहलको मुख्य सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो। पाइप फुट्दा बबरमहलमा रहेको वन कार्यालय, जिल्ला अदालत र विशेष अदालतका भवनलगायतमा डुबान भएको थियो।

केयुकेएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोककुमार पौडेलले विद्युत प्राधिकरणको लापरबाहीले गर्दा थोक वितरण प्रणालीकै पाइपमा क्षति पुगेको बताए।

‘तेस्रो पक्ष (विद्युत प्राधिकरण) को कारण पाइपमा क्षति पुगेको देखियो, त्यहाँ ८०० एमएमभन्दा ठूला पाइप बिछ्याइएको छ, जमिन भिरालो हुँदा पानी बढी बग्यो,’ उनले भने, ‘अहिले चुच्चेपाटीस्थित मुख्य वितरण प्रणालीको पाइप नै बन्द गरिएको छ। तथापि पाइप ठूलो रहेको र त्यसमा जम्मा भएको पानीका कारण बबरमहल सडकमा बग्न रोकिएको छैन।’

Published Date: 12 February 2025
ताजा
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
महिला सेवाग्राहीलाई दुर्व्यहार गरेको आरोपमा याङ्गो चालक पक्राउ
सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय राकेह्को छैन: सञ्चारमन्त्री तिमिल्सिना
आइतबार सुनको मूल्यमा सामान्य गिरावट


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न