शंखरापुर स्कुल बस दुर्घटना: ३ जनाको मृत्यु

शंखरापुर स्कुल बस दुर्घटना: ३ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, माघ ३० । काठमाडौँको शंखरापुर नगरपालिका–५ साँखु नजिकमा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

शंखरापुरस्थित नगरकोटबाट साँखु आउने क्रममा कात्तिके भन्ने स्थानमा ब्रेक फेल भएर बस दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

नगरकोटमा पिकनिक खाएर आउँदै गरेको बा २ ख ७९५८ नम्बरको स्कुलका विद्यार्थी बोकेका बस दुर्घटनामा परेको हो। दुर्घटनामा ४० जना घाइते भएका पनि उनले जानकारी दिए। उनीहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

उक्त बस नगरकोट पिकनिक गएर फर्केको हो । चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो ।

Published Date: 12 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु