आजदेखि सिनेमा हलमा नयाँ नेपाली चलचित्र जुना, ममी र सारंग

आजदेखि सिनेमा हलमा नयाँ नेपाली चलचित्र जुना, ममी र सारंग : Icon Khabar

काठमाडौं, माघ २५ । नेपाली फिल्म क्षेत्रका लागि यो विकेण्ड निकै व्यस्त हुने देखिएको छ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि एक साथ तीन नयाँ फिल्महरु ‘जुनाः एक व्यथा’, ‘ममी’ तथा ‘सारंग’ प्रदर्शनमा आएका छन् । देशभरिका सिनेमा हलमा प्रदर्शनमा आएका यी तीनै वटा फिल्मलाई मल्टिप्लेक्सहरुले पनि सन्तुलित शैलीमा शोहरु उपलब्ध गराएका छन् ।

रोचक कुरा के छ भने यी तीन फिल्म तीन भिन्न नजरामा बनेकाले दर्शकले आफ्नो रोजाइको जनराको फिल्म हेरेर मनोरञ्जन लिने मौका पाएका छन् ।

अझ रमाइलो कुराक के छ भने तीन वटै फिल्ममा फरक फरक शैलीका विषयवस्तु समेटिएको छ । एकातिर फिल्म जुनामा बाल विवाहले निम्त्याउने समस्याका साथै गाउँले परिवेशलाई चित्रण गरिएको छ भने फिल्म सारंग बाल मनोविज्ञानमा आधारित छ । बालबालिकाको अगाडि अभिभावकले के कस्तो व्यवहार गर्नु पर्छ भन्ने भन्ने सन्देश यो फिल्मले दिन खोजेको छ । त्यसै गरी अर्को फिल्म ममी एउटा फ्यामेली हरर थ्रिलर ड्रामामा आधारित रहेको छ । ती तीनै वटा फिल्मले समाजको वास्तविकतालाई प्रतिविम्वित गर्न खोजेको जस्तो देखिन्छ ।

जीवन सेन्चुरीद्वारा निर्देशित फिल्म ‘जुना’ मा अस्मिता ढकाल, कृष्ण प्रसाद ढकाल, देशभक्त खनाल, रश्मि भट्ट, कमल बोहरा, आश्मिता बस्नेत, खगेंद्र न्योपाने, विकास आनन्द, इन्द्र विक, केशव अधिकारी आदि कलाकारहरुले अभिनय गरेका छन् भने समर निरौलाद्वारा निर्देशित फिल्म ‘ममी’ मा प्रियंका कार्की, सुलक्षण भारती, दीया मस्के, समिप निरौला, आयुषी ढकाल, जिविस श्रेष्ठ, घनश्याम जोशी, गीत बिष्ट, गुराँस ढकाल, हरी कुमार भण्डारी, महेन्द्र मैनाली, प्रकाश बान, शिवांश सिलवाल आदि कलाकारहरुले अभिनय गरेका छन् ।

बाल मनोविज्ञानमा आधारीत रहेर बनेको फिल्म ‘सारंग’ को निर्देशन प्रशान्त तामाङले गरेका हुन् । उक्त फिल्ममा रीचा शर्मा, उत्पल झा, आदित्य कार्की, सम्राट थापा, समीर मणि दीक्षित, मणि के। राई, सूरज तामाङ, निरज ब्ल्याक, अनिशा न्योपाने, दिपिका थापा, विश्वो स्याङ्बो, प्रभात श्रेष्ठ, सुमन जंग आदि कलाकारको अभिनय रहेको छ ।

Published Date: 07 February 2025


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु