भ्यालेन्टाइ वीक: आज रोज डे

भ्यालेन्टाइ वीक: आज रोज डे : Icon Khabar

काठमाडौं, माघ २५ । आज फेब्रुअरी ७ अर्थात आजको दिनदेखि प्रेमिल जोडिहरुका लागि महोत्सवको माहौल प्रारम्भ भएको छ । आजदेखि फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डेका दिनसम्म भ्यालेन्टाइ वीक मनाइन्छ ।

त्यसै पनि फेब्रुअरी महिना प्रारम्भ हुने बित्तिकै युवा पुस्तामा एक प्रकारको उत्साह देख्न पाइन्छ । किनभने यो महिनालाई प्रेमको महिनाको रुपमा लिने गरिन्छ ।

भ्यालेन्टाइन सप्ताह विश्वभरि नै युवादेखि विवाहित जोडीहरूले धूमधाम र रमाइलोसँग मनाउँछन् । यो त्यो समय हो, जब प्रेमी-प्रेमिका एक-अर्कासँग विभिन्न तरिकाले आफ्नो प्रेम व्यक्त गर्छन् । प्रेम व्यक्त गर्ने कुरामा गुलावको फूल आफ्नो साथमा भएन भने प्रणय दिवसको अर्थ नै छैन ।

भ्यालेन्टाइन सप्ताहको पहिलो दिन अर्थात आज शुक्रवार प्रेमिल जोडिहरुले रोज डेको रुपमा सेलिब्रेट गर्छन् । रोज डे भ्यालेन्टाइन सप्ताह प्रारम्भको प्रतीक पनि हो । रोज डेको पनि आफ्नो विशेष महत्व छ । गुलावको फूल प्रेम, जोश र पवित्रताको प्रतीक मानिन्छ । त्यस्तै गुलावको फूल विभिन्न रंगका हुने गर्छन्, जसले रङकै आधारमा प्रेमको परिभाषा दशाउँछ ।

रातो गुलाब

रातो रङ्ग प्रेम र जोशको संकेत हो । प्रायः प्रेमको प्रस्ताव राख्न र आफ्ना प्रियजनसँग वाचा गर्न रातो गुलावको फूलको प्रयोग गरिन्छ । रातो गुलावले रोमान्सलाई सबैभन्दा साँचो रूपमा देखाउँछ ।

सेतो गुलाव

सेतो गुलाव प्रेम, सम्मान र इज्जतको प्रतीक हो र प्रायः सजावटमा वा ती व्यक्तिहरूलाई उपहार दिन प्रयोग गरिन्छ, जसलाई हामी हाम्रो जीवनमा महत्व दिन्छौँ ।

नीलो गुलाव

नीलो रङ्ग संवेदनशीलता र भावनात्मक शक्तिको प्रतीक हो । अरूलाई नीलो गुलाव उपहार दिनु भनेको हामी तिनीहरूप्रति कति भावनात्मक संवेदनशीलता राख्छौँ भन्ने कुरा व्यक्त गर्नु पनि हो ।

गुलावी गुलाव

यो रंगको गुलाव स्त्रीत्व, सौन्दर्य र लाजको प्रतीक हो । जब हामी कसैलाई उनको सुन्दरताको र शालीनताको लागि मन पराउँछौँ भने हामी तिनीलाई गुलाबी गुलाव दिन सक्छौँ।

पहेँलो गुलाव

यो गुलाव मित्रता, तातोपना, खुशी र राम्रो भाइब्सको प्रतीक हो । प्रायः साथीहरू एकअर्कालाई पहेँलो गुलाव दिएर भेट गर्छन् ताकि तिनीहरूले के देखाउन सक्छन् भने उनीहरुलाई साथीको महत्त्व छ ।

पिच गुलाव

पिच रङ्ग सहानुभूति, विनम्रता र इमानदारीको संकेत हो । प्रेमीहरूले प्रायः आफ्नो सम्बन्धमा इमान्दारिता व्यक्त गर्न एक अर्कालाई पिच गुलाव उपहार दिने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 February 2025
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने