कुस्मालाई उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरमा प्रमुख उद्योग अधिकृतको जिम्मेवारी

कुस्मालाई उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरमा प्रमुख उद्योग अधिकृतको जिम्मेवारी : Icon Khabar

भक्तपुर, माघ १७ । भक्तपुर जिल्लाको उद्योग तथा वाणिज्य कार्यालयको प्रमुख उद्योग अधिकृतमा राम प्रसाद कुस्मा नियुक्त भएका छन्।

भक्तपुर को सूर्यविनायक बस्ने कुस्माले निजामति क्षेत्रमा विसं २०६३ सालमा प्रवेश गरेका हुन्। उनले घरेलु तथा साना उद्योग कार्यालय काभ्रेमा प्रमुख अधिकृत भएर पनि सेवा गरेका थिए। यो संगै विगतमा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भएर पनि सेवा गरे।

कार्यालय प्रमुखमा नियुक्त भैसकेपछि कुस्माले भक्तपुर जिल्लामा रहेका घरेलु तथा साना उद्योग, वाणिज्य, ब्यापार, व्यवसायलाई सहज ढंगले संचालन गर्न र प्रवर्द्वन गर्न विभिन्न कार्यक्रम ल्याउने र कार्यालयको कार्य सम्पादन अझ प्रभावकारी बनाउने बताएका छन्। आइकन खबरसंगको कुराकानीमा कुस्माले जिल्लामा रहेका उद्यमीहरुको हितमा आफ्नो कार्यकाल सम्हाल्ने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 January 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने