ओखलढुंगामा जीप दुर्घटना, तीन जनाको मृत्यु

ओखलढुंगामा जीप दुर्घटना, तीन जनाको मृत्यु : Icon Khabar

काठमाडौं, माघ १७ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित सिद्धिचरण राजमार्गमा जीप दुर्घटना भएको छ । बिरामी बोकेर खोटाङको दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर आमाछोरासहित तीन जनाको मृत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनिष लुइँटेलले जानकारी दिए ।

मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र आफन्त ४५ वर्षीया तारा गुरुङ रहेका छन् ।

छोरा पुजन बिरामी भएपछि मायादेवीले आफन्त तारालाई साथ लिएर खोटाङबाट काठमाडौं जाँदै गरेको अवस्थामा सुमो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण संकलनको कार्य भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 January 2025
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न