आर्गस एजुकेशनको भक्तपुर शाखा यहि माघ १९ गते शनिबार उद्घाटन हुँदै

अब गुणस्तरीय कन्सल्टेन्सी सेवा लिन भक्तपुरवासी काठमाडौँ जान नपर्ने

आर्गस एजुकेशनको भक्तपुर शाखा यहि माघ १९ गते शनिबार उद्घाटन हुँदै : Icon Khabar

भक्तपुर, माघ १७ । विश्वका विभिन्न देशमा आफ्नो कार्यालय भएको ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको अर्को शाखा भक्तपुर जिल्लामा विस्तार हुन लागेको छ । भक्तपुर नगरपालिका वडा नं ४ सूर्यविनायकमा उक्त कम्पनीको शाखा यहि शनिबार उद्घाटन हुन लागेको हो।

विदेशका विभिन्न विश्व विद्यालयमा नेपाली विद्यार्थीहरुलाई अध्ययन अध्यापनका लागि कन्सल्टेन्सी सेवा प्रदान गर्दै आएको यस संस्थाले माइग्रेसन र भिसा सर्भिस पनि प्रदान गर्दै आएको छ।

विशेषगरी अस्ट्रेलिया, डेनमार्क, न्यु जिल्याण्ड, बेलायत, अमेरिका, क्यानाडा, स्विजरल्याण्ड, आयरल्याण्ड, दक्षिण कोरिया लगायतका देशहरुमा आफ्नो सेवा दिदै आएको छ।

भक्तपुरमा आर्गस एजुकेशनको शाखा विस्तारले अब यहाँका विद्यार्थीहरु कन्सल्टेन्सी सेवा लिन काठमाडौँ गइराख्नु पर्ने झन्झटबाट मुक्त हुनेमा शाखाका अध्यक्ष अच्युत प्रजापतिले विश्वास ब्यक्त गरेका छन्।

माघ १९ गते शनिबार सम्पूर्ण भक्तपुरवासीहरुलाई भव्य उद्घाटनको दिनका लागि निमन्त्रणा दिइएको छ। उक्त दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म आफुलाई पायक पर्ने समयमा भिजिट गर्न सकिने पनि बताइएको छ।

Published Date: 30 January 2025


ताजा
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर