आर्गस एजुकेशनको भक्तपुर शाखा यहि माघ १९ गते शनिबार उद्घाटन हुँदै

अब गुणस्तरीय कन्सल्टेन्सी सेवा लिन भक्तपुरवासी काठमाडौँ जान नपर्ने

आर्गस एजुकेशनको भक्तपुर शाखा यहि माघ १९ गते शनिबार उद्घाटन हुँदै : Icon Khabar

भक्तपुर, माघ १७ । विश्वका विभिन्न देशमा आफ्नो कार्यालय भएको ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको अर्को शाखा भक्तपुर जिल्लामा विस्तार हुन लागेको छ । भक्तपुर नगरपालिका वडा नं ४ सूर्यविनायकमा उक्त कम्पनीको शाखा यहि शनिबार उद्घाटन हुन लागेको हो।

विदेशका विभिन्न विश्व विद्यालयमा नेपाली विद्यार्थीहरुलाई अध्ययन अध्यापनका लागि कन्सल्टेन्सी सेवा प्रदान गर्दै आएको यस संस्थाले माइग्रेसन र भिसा सर्भिस पनि प्रदान गर्दै आएको छ।

विशेषगरी अस्ट्रेलिया, डेनमार्क, न्यु जिल्याण्ड, बेलायत, अमेरिका, क्यानाडा, स्विजरल्याण्ड, आयरल्याण्ड, दक्षिण कोरिया लगायतका देशहरुमा आफ्नो सेवा दिदै आएको छ।

भक्तपुरमा आर्गस एजुकेशनको शाखा विस्तारले अब यहाँका विद्यार्थीहरु कन्सल्टेन्सी सेवा लिन काठमाडौँ गइराख्नु पर्ने झन्झटबाट मुक्त हुनेमा शाखाका अध्यक्ष अच्युत प्रजापतिले विश्वास ब्यक्त गरेका छन्।

माघ १९ गते शनिबार सम्पूर्ण भक्तपुरवासीहरुलाई भव्य उद्घाटनको दिनका लागि निमन्त्रणा दिइएको छ। उक्त दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म आफुलाई पायक पर्ने समयमा भिजिट गर्न सकिने पनि बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 January 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने