रोशी खोलाको बाढीले तहसनहस भएको काभ्रे र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन

रोशी खोलाको बाढीले तहसनहस भएको काभ्रे र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन : Icon Khabar

काभ्रेपलाञ्चोक, माघ १७ । रोशी खोलाको बाढीका कारण अदलबदल भएको काभे्रपलाञ्चोक र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन गरिएको छ । गत असोज दोस्रो साताको भीषण वर्षाका कारण रोशी खोलाको बाढीले जमिन कटान भई सीमा अदलबदल भएको थियो ।

सोही समस्या समाधानका लागि दुवै जिल्लाबाट प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको हो । समितिमा सिन्धुलीका तर्फबाट प्रतिनिधिसभा सदस्य राजन दाहाल तथा काभ्रेपलाञ्चोकका तर्फबाट जिल्ला समन्वय समिति प्रमुख दीपक गौतमले नेतृत्व गर्नेछन् ।

समितिमा दुवै जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, दुई जिल्लामा तीन स्थानीय तहका र सम्बन्धित वडाका अध्यक्ष वा प्रतिनिधि रहनेछन् ।

समितिले समस्या समाधानसहितको प्रतिवेदन तयार गर्ने र समितिको समयसीमा भने समिति आफैँले तोक्ने सांसद दाहालले बताए । असोज १०, ११ र १२ गते रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोक र सिन्धुलीका तीन स्थानीय तहको सिमाना अदलबदल भएको थियो । काभ्रेपलाञ्चोकको तेमाल र रोशी गाउँपालिका तथा सिन्धुलीको सुनकोशी गाउँपालिकाबीच सिमानामा बाढीले समस्या भएको हो ।

दुई जिल्लाका तीन स्थानीय तहबीच विशेषगरी नेपालथोक क्षेत्रमा समस्या देखिएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख गौतमले जानकारी दिए । उनले समितिको प्रतिवेदनका आधारमा समाधानका उपाय खोजिने बताए ।

यसैबीच गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीको खोला क्षेत्रको सीमांकन कार्य सकिएको छ । करिब दुई हप्ताको अवधिमा जिल्लास्थित विभिन्न कार्यालयका प्राविधिकमार्फत नौ किलोमिटर खोलाको सीमांकन सकिएको जनाइएको छ ।

बाढीपहिरोले खोलाको सीमांकनसँगै व्यक्तिको घर तथा जमिनमा क्षति पुगेपछि समस्या समाधानका लागि पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्त रुपमा उक्त कार्य गरेका हुन् ।

नापी कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुसालले पनौती नगरको वडा नं १२ स्थित भूमेडाँडाबाट पनौतीको त्रिवेणीघाटसम्मको नौ किलोमिटर खोलाको सीमांकन सकिएको जानकारी दिए । त्यस क्रममा व्यक्तिले भोगचलन गरिरहेका करिब ७० कित्ता जग्गाको पहिचान गरिएको उनल् बताए । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 30 January 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने