गायिका अस्मिता अधिकारीको ‘अम्खरामा पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक

गायिका अस्मिता अधिकारीको ‘अम्खरामा पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक : Icon Khabar

काठमाडौं, माघ २७ । गायिका अस्मिता अधिकारी र गायक भिष्म अधिकारीको युगल गायनमा रहेको लोक शैलीको ‘अम्खरामा पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा तेजश रेग्मीको शब्द, संगीत रहेको छ।

यस गीतलाई एचबिएन किस्मतले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछाने फिचर्ड छन्। बन्दे प्रसादले सम्पादन गरेको यस भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो।

सिमा रेग्मी भिडियोको निर्मात्री हुन्। पेशाले स्ट्रक्चरल इन्जिनियर र व्यवसायी समेत रहेका गायक अधिकारी हाल अमेरिकामा बसोबास गर्दै आएका छन्। यसअघि उनको शब्दमा समावेश ‘माया टिकटके’ दर्शक स्रोतामा लोकप्रिय छ। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

Published Date: 10 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय