रशिलालाई पराजित गर्दै जेशिका राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा

रशिलालाई पराजित गर्दै जेशिका राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा : Icon Khabar

इटहरी, माघ २७ । राष्ट्रिय च्याम्पियन एवं विश्व बरियतामा उच्च स्थानमा रहेकी आर्मीकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङ्ग इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय रयाङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को महिला एकल तर्फ फाईनल प्रवेश गरेकी छिन् ।

जेशिकाले रशिलालाई १८–२१, २१–१६, २१–१३ ले पराजित गर्दै उपाधीका लागि आर्मीकी अमिता गिरी संगको भेट पक्का गरेकी छिन् । गिरी र कस्तुरी कलेजकी सिमा राजबंशीविच भएको खेलमा सिमा रिटायर्ड हर्ट भए पश्चात गिरीले फाईनल यात्रा तय गरेकी हुन् । पहिलो सेट ६–२१ ले पराजित भएकी सिमा दोश्रो सेटमा १८–१२ को अग्रता लिईरहेको अवस्थामा घुँडामा चोट बोक्न पुगि रिटायर्ड भएकी थिईन् ।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहाल फाईनल प्रवेश गरेका छन् । प्रफुलले आज सम्पन्न सेमीफाईनलमा पुलिसका बिष्णु कटुवाललाई २१–११, २५–२३ ले पराजित गर्दै उपाधीका लागि पुलिसका प्रिन्स दाहाल संगको भेट पक्का गरेका हुन् । बिश्व बरियतामा जुनियर तर्फ पहिलो नम्बरमा रहिसकेका प्रिन्सले आर्मीका रुकेश महर्जनलाई २१–१४, २१–९ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

पुरुष युगल तर्फ आर्मीका प्रफुल मजर्हन र रुकेश महर्जनको जोडीले उपाधीका लागि पुलिसका प्रिन्स दाहाल र बिष्णु कटुवालको जोडी संग प्रतिस्पर्धा गर्ने भएका छन् । महर्जन जोडीले पुलिसका दीपक बोहरा र सुनिल जोशीको जोडीलाई २१–१४, २१–८ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यस्तै प्रिन्स र बिष्णुको जोडीले पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जोडीलाई २१–१६, २१–१८ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।

महिला युगल तर्फ आर्मीका अमिता गिरी र रशिला महर्जनको जोडी फाईनल प्रवेश गरे । गिरी र महर्जनको जोडीले झापाकी अन्जना राई र धनकुटाकी अरुणा तामाङ्गको जोडीलाई २१–१४, २१–९ ले पराजित गर्दै उपाधीका लागि एपिएफकी जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडी संगको भेट पक्का गरेका छन् । जेशिका र सुनयनाको जोडीले एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडीलाई २१–१९, १७–२१, २६–२४ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

भेट्रान ४५ बर्ष माथिको स्पर्धामा सागर फिडका भजनलाल चौधरी र श्याम लामाको जोडी र स्पोर्टस् हवका सन बहादुर साम्बा र लाक्पा शेर्पाको जोडी फाईनल प्रवेश गरेका छन् । चौधरी र लामाको जोडीले तेहथुमका गोपाल खपाङ्गी र मदन लिम्बुको जोडीलाई २१–१३, २१–१८ तथा साम्बा र शेर्पाको जोडीले दीपक आङ्गदम्बे र बिकास श्रेष्ठको जोडीलाई २१–१५, २१–१९ ले पराजित गर्दै उपाधी भिडन्त पक्का गरेका हुन् ।
भेट्रान ५५ बर्ष माथिको खेलमा सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङ्गको जोडीले मोरङ्गका कुमार घले र सुनरीका भोज राज रखालको जोडीलाई २१–१६, २१–१३ ले र गुहाटीका बास्तव नियोग र धादिङ्गका बिष्णु लाल श्रेष्ठको जोडीले २१–१०, २१–११ ले पराजित गर्दै उपाधीका लागि भेट पक्का गरेका छन् ।

छात्र यु ११ तर्फको खेलमा एपिएफका आरुष सिमखडा र भोजपुरका तयाबुङ्ग राई फाईनल प्रवेश गरेका छन् । यस्तै छात्रा तर्फ भोजपुरका रितु तामाङ्ग र कास्कीकी निभा राई पनि फाईनलमा स्थान बनाउन सफल भए । यु १३ छात्र तर्फ एपिएफका आरुष सिमखडा र आर्मीका रिजन मगर तथा छात्रा तर्फ आर्मीकी रिहाना शेरचन र टिशा रानी शाक्य उपाधी निकट पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 February 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित