संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको स्वागत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको स्वागत : Icon Khabar

काठमाडौं, माघ २७ । नेपाल पर्यटन बोर्डले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको स्वागतमा पर्यटन बोर्डमा स्वागत कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोर्डका अध्यक्ष तथा मन्त्रालयका सचिव सुरेश अधिकारी तथा बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले मन्त्री सुदन किराँतीलाई स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री किराँतीले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेपनि त्यसबाट उचित लाभ लिन नसकिरहेको बताउँदै पर्यटनबाटै आर्थिक समृद्धिको यात्रा तय गर्न सकिने बताए । उनले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार रहेको बताउँदै बोर्डलाई प्रभावकारी ढंगले पर्यटन प्रवद्र्धनका कार्य गर्न आग्रह गरे । मन्त्री किराँतीले नीतिगत सुधारको कामको थालनी भइसकेको भन्दै रचनात्मक कार्यका लागि मन्त्रालय सबैसंग सहकार्य गरेर अघि बढ्ने बताए ।

मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष सुरेश अधिकारीले नीति, बजेट र कार्यक्रम सबैमा बोर्डको पुनःसंरचना आवश्यक रहेको भन्दै अब सोही अनुरुपको ऐन ल्याउनु पर्नेमा जोड दिए ।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन मन्त्रीलाई पर्यटन व्यवसायीको अभिभावकत्व निर्वाह गर्दै कार्य गर्न आग्रह गर्दै त्यसको लागि निजी क्षेत्र सधै.साथमा रहको बताए ।

होटल संघ (हान) का अध्यक्ष सिर्जना राणाले पर्यटन उद्योगलाई अन्य उद्योग सरहको मान्यता दिन माग गर्दै राज्यले पर्यटनबाट उचित लाभ लिन सोही अनुरुपको नीति र कार्यक्रम ल्याउनु पर्ने बताए । बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले नेपालको पर्यटन विकासको लागि नीतिगत स्पष्टता र एकद्धार प्रणालीमा जोड दिन माग गर्दै पर्यटन बोर्डले गरेका गतिविधि र कार्यक्रमबारे जानकारी दिएका थिए । कार्यक्रममा बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले पर्यटन प्रर्वद्धनका लागि बोर्डले गरिरहेका कार्यबारे जानकारी गराउँदै बोर्डले निजी क्षेत्रको पुलको रुपमा काम गर्दै आइरहेको बताए ।

Published Date: 10 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?