संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको स्वागत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको स्वागत : Icon Khabar

काठमाडौं, माघ २७ । नेपाल पर्यटन बोर्डले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको स्वागतमा पर्यटन बोर्डमा स्वागत कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोर्डका अध्यक्ष तथा मन्त्रालयका सचिव सुरेश अधिकारी तथा बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले मन्त्री सुदन किराँतीलाई स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री किराँतीले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेपनि त्यसबाट उचित लाभ लिन नसकिरहेको बताउँदै पर्यटनबाटै आर्थिक समृद्धिको यात्रा तय गर्न सकिने बताए । उनले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार रहेको बताउँदै बोर्डलाई प्रभावकारी ढंगले पर्यटन प्रवद्र्धनका कार्य गर्न आग्रह गरे । मन्त्री किराँतीले नीतिगत सुधारको कामको थालनी भइसकेको भन्दै रचनात्मक कार्यका लागि मन्त्रालय सबैसंग सहकार्य गरेर अघि बढ्ने बताए ।

मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष सुरेश अधिकारीले नीति, बजेट र कार्यक्रम सबैमा बोर्डको पुनःसंरचना आवश्यक रहेको भन्दै अब सोही अनुरुपको ऐन ल्याउनु पर्नेमा जोड दिए ।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन मन्त्रीलाई पर्यटन व्यवसायीको अभिभावकत्व निर्वाह गर्दै कार्य गर्न आग्रह गर्दै त्यसको लागि निजी क्षेत्र सधै.साथमा रहको बताए ।

होटल संघ (हान) का अध्यक्ष सिर्जना राणाले पर्यटन उद्योगलाई अन्य उद्योग सरहको मान्यता दिन माग गर्दै राज्यले पर्यटनबाट उचित लाभ लिन सोही अनुरुपको नीति र कार्यक्रम ल्याउनु पर्ने बताए । बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले नेपालको पर्यटन विकासको लागि नीतिगत स्पष्टता र एकद्धार प्रणालीमा जोड दिन माग गर्दै पर्यटन बोर्डले गरेका गतिविधि र कार्यक्रमबारे जानकारी दिएका थिए । कार्यक्रममा बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले पर्यटन प्रर्वद्धनका लागि बोर्डले गरिरहेका कार्यबारे जानकारी गराउँदै बोर्डले निजी क्षेत्रको पुलको रुपमा काम गर्दै आइरहेको बताए ।

Published Date: 10 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा