कारबाओ कपको सेमिफाइनल खेलमा आर्सनल पराजित

कारबाओ कपको सेमिफाइनल खेलमा आर्सनल पराजित : Icon Khabar

काठमाडौँ, पुस २४ । कारबाओ कपको सेमिफाइनल खेलमा आर्सनल पराजित भएको छ। गएराति भएको सेमिफाइनलको पहिलो लेगमा आर्सनल न्यूकासलसँग पराजित भएको हो।

घरेलु मैदानमा आर्सनलले ०-२ को हार ब्यहोर्‍यो। ३७ मिनेटमा एलेक्जेन्डर इशाकको गोलमा न्यूकासलले सुरूवाती अग्रता लिएको थियो।

५१ मिनेटमा एन्थोनी गोर्डनले अग्रता दोब्बर पारे। त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा आर्सनल २-० गोलले पहिलो लेगमा पछि परेको हो।

दोस्रो लेग फेब्रुअरी ६ मा न्यूकासलको मैदानमा हुनेछ।

Published Date: 08 January 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु