लसएन्जलस क्षेत्रमा डढेलो, दशौं हजार व्यक्ति प्रभावित

लसएन्जलस क्षेत्रमा डढेलो, दशौं हजार व्यक्ति प्रभावित : Icon Khabar

काठमाडौं, पुस २४ । केही दिनअघि हिमपातले प्रभावित अमेरिका अहिले फेरि डढेलोबाट प्रभावित भएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा डढेलोले दशौं हजार व्यक्ति प्रभावित भएका छन् । जोखिम क्षेत्रबाट मानिसहरुलाई उद्धार गर्ने काम जारी छ ।

अधिकारीहरुका अनुसार आगो पाँच वर्गकिलोमिटर क्षेत्रमा फैलिइसकेको छ । हेलिकोप्टर र दमकलबाट आगो निभाउन अग्निनियन्त्रकहरु सक्रिय छन् । तर १६० किलोमिटर प्रतिघण्टाको वेगले हावा चलेकाले आगो नियन्त्रणमा कठिनाइ भइरहेको छ ।

लस एन्जलस अग्निनियन्त्रण विभागकी प्रमुख क्रिस्टिन क्रलीका अनुसार आगलागीबाट २३ हजारभन्दा बढी घर र भवनहरु जोखिममा छन् । आगो निभाउन २५० अग्नि नियन्त्रक, दमकल र हेलिकोप्टर परिचालन गरिएको छ । ‘आगो निभाउन खटिएको टोलीलाई कठिन भइरहेको छ,’ उनले भनेकी छन् ।

Published Date: 08 January 2025


ताजा
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु