भारतमा मंगलबार मनाइएको न्यू इयर इभमा कण्डमको बिक्री भयो धेरै

भारतमा मंगलबार मनाइएको न्यू इयर इभमा कण्डमको बिक्री भयो धेरै : Icon Khabar

नयाँ दिल्ली, पुस १७ । मंगलबार ३१ डिसेम्बर २०२४ अर्थात न्यू इयर इभ । यसैबीच, भारतमा ३१ डिसेम्बरको राति कसरी बिताइयो रु एउटा रोचक सामग्री प्राप्त भएको छ । अधिकांश भारतीयहरुले न्यू इयर इभलाई धूमधामका साथ मनाएका छन् भने नयाँ वर्षलाई भव्य रुपमा स्वागत गरेका छन् ।

३१ डिसेम्बरको रात घर–घरमा पार्टीको आयोजना गर्दै भारतीयहरुले कतिसम्म बिन्दास शैलीमा न्यू इयर इभलाई सेलिब्रेट गरे भन्ने कुराको अनुमान उनीहरुले गरेको खानेकुरा तथा पिउने कुराको अर्डरबाट अनुमान लगाउन सकिन्छ । अनलाइन अर्डर गर्ने प्लेटफर्महरुमा खर्चको सम्पूर्ण विवरण उपलब्ध छ ।

नयाँ वर्ष २०२५ को स्वागतमा आयोजना गरिएका पार्टीहरुमा भारतीयहरुको शैलीका बारेमा जानकारी प्राप्त गर्नका लागि ब्लिङकिट तथा स्वीगी इन्स्टामार्ट जस्ता प्लेटफर्महरुले रोचक तथा रोमाञ्चक तथ्यांक सार्वजनिक गरेका छन् । उनीहरुसंग ३१ डिसेम्बरको राति पार्टीको मूडमा मानिसहरुले के–के खानेकुरा अर्डर गरे भन्ने जानकारी उपलब्ध छ ।

स्न्याक्स, चीसो पेय पदार्थ तथा पार्टीसंग सम्बन्धि सामग्रीहरुको अर्डरले कीर्तिमान नै कायम गरेको छ । ब्लिन्किट तथा स्वीगी इन्स्टामार्ट जस्ता प्लेटफर्महरुमा आलू भुजियादेखि लिएर बरफको प्याकेटसम्म, हरेक सामग्रीको अर्डरको बाढी नै आएको थियो । घरहरुमा आयोजना गरिएका पार्टीहरुको यो शैलीले पुनः एक पटक के सावित गरिदिएको छ भने भारतमा खुशीयाली साटासाट गर्ने शैली सबैभन्दा विशेष छ । ब्लिन्किटका सीईओ अलबिन्दर ढींडसाले सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट शेयर गर्दै यसका बारेमा जानकारी गराएका छन् ।

आलू भुजिया बन्यो पार्टी स्टार

मंगलवार राति करिव ८ बजेसम्म ब्लिन्किटले २ लाख ३४ हजार भन्दा बढी प्याकेट आलू भुजियाको डेलिभरी गर्यो । अर्कोतिर स्वीगी इन्स्टामार्टमा मंगलवार सा“झ ७ः४५ बजेस प्रतिमिनेट ८ सय ५३ अर्डर चिप्सका लागि गरियो । स्वीगीमा सबैभन्दा बढी सर्च गरिएका टप ५ आइटममा दूध, चकलेट, अंगूर, पनीर तथा चिप्स समावेश थिए । स्वीगीका सह–संस्थापक फणी किशनले पनि यसका बारेमा एउटा पोस्ट शेयर गरेका थिए ।

आइस क्यूबको माग बढ्यो

ब्लिन्किटमा राति ८ बजेसम्म ६ हजार ८ सय ३४ प्याकेट आइस क्यूबका लागि अर्ड भएको थियो, जबकि बिगबास्केटमा आइस क्यूबको अर्डरमा १२९० प्रतिशतले वृद्धि भयो । स्वीगीका फाउन्डर फणीले एक्समा लेखेका छन्– ‘राति ७ः४१ बजे ११९ किलो आइस हरेक मिनेट डेलिभरी भैरहेको थियो ।’ बिगबास्केट्सका अनुसार डिस्पोजेबल कप–प्लेटको विक्रीमा ३२५ प्रतिशत तथा नन–अल्कोहलिक पेय पदार्थमा ५५२ प्रतिशतले वृद्धि भयो ।

कण्डमको कीर्तिमानी विक्री

३१ डिसेम्बरको मध्यान्हसम्म स्वीगी इन्स्टामार्टमा ४ हजार ७ सय ७९ प्याकेट कण्डम डेलिभरी गरिएको थियो । रातिसम्ममा ब्लिन्किटले १२ लाख प्याकेट कण्डम डेलिभरी गर्यो, जसमा चकलेट फ्लेवर सबैभन्दा बढी ९३९ प्रतिशत मन पराइयो । यसपछि स्ट्रबेरी ९३१ प्रतिशत तथा बबलगम ९१९ प्रतिशतको नम्बर आयो । ब्लिन्किटका सीईओ ढींडसाले सामाजिक सञ्जाल एक्समा नयाँ वर्षको रातको रोजक तथ्यांक शेयर गरेका छन् ।

जे मन लाग्यो, त्यही अर्डर

स्वीगी इन्स्टामार्टमा एक जना ग्राहकले ब्लाइन्डफोल्ड आँखामा बाँधिने कालो पट्टी तथा हेण्डकफ्स अर्डर गरेका थिए भने ब्लिन्किटमा पुरुषहरुका लागि अण्डरवियरको पनि डिमाण्ड देखियो ।

यी तथ्यांकले नयाँ वर्ष २०२५ को पहिलो रातमा भारतमा पार्टी मूड अन थियो भन्ने कुराको पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 January 2025
Website | + posts