च्याउको मूल्य सस्तिदै

च्याउको मूल्य सस्तिदै : Icon Khabar

काठमाडौं, पुस १७ । च्याउ सस्तिएको छ । कालीमाटी होलसेल बजारमा एक महिनाअघि औसत २२५ रुपैयाँ प्रतिकिलो रहेको कन्य च्याउ अहिले १ सय रुपैयाँमा झरेको छ ।

सिजनका कारण आपूर्ति बढेसँगै कच्य च्याउ सस्तिएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार डल्ले च्याउ प्रतिकिलो ४००, राजा च्याउ ३०० तथा सिताके च्याउ अधिकतम ८०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

च्याउका अलवा हाल काउली, ब्रोकाउली, गोलभेँडा पनि सस्तिएको छ । स्थानीय काउली प्रतिकिलो अधिकतम ३०, ब्रोकाउली ४० रुपैयाँमा झरेको छ । स्थानीय सानो गोलभेँडा ३०, भारतीय सानो गोलभेँडा ३५ तथा ठूलो गोलभेँडा ९० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

तरुल ८०, रातो आलु ५५, भारतीय रातो आलु ४४, प्याज ७२, स्थानीय बन्दा ३०, लाम्चो भन्टा ५०, डल्ले भन्टा ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । घिउ सिमी ८०, टाटे सिमी ६०, तिते करेला ११०, लौका ६०, भिन्डी १००, सखरखण्ड १००, बरेला ४०, इस्कुस ३५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 January 2025
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन