च्याउको मूल्य सस्तिदै

च्याउको मूल्य सस्तिदै : Icon Khabar

काठमाडौं, पुस १७ । च्याउ सस्तिएको छ । कालीमाटी होलसेल बजारमा एक महिनाअघि औसत २२५ रुपैयाँ प्रतिकिलो रहेको कन्य च्याउ अहिले १ सय रुपैयाँमा झरेको छ ।

सिजनका कारण आपूर्ति बढेसँगै कच्य च्याउ सस्तिएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार डल्ले च्याउ प्रतिकिलो ४००, राजा च्याउ ३०० तथा सिताके च्याउ अधिकतम ८०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

च्याउका अलवा हाल काउली, ब्रोकाउली, गोलभेँडा पनि सस्तिएको छ । स्थानीय काउली प्रतिकिलो अधिकतम ३०, ब्रोकाउली ४० रुपैयाँमा झरेको छ । स्थानीय सानो गोलभेँडा ३०, भारतीय सानो गोलभेँडा ३५ तथा ठूलो गोलभेँडा ९० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

तरुल ८०, रातो आलु ५५, भारतीय रातो आलु ४४, प्याज ७२, स्थानीय बन्दा ३०, लाम्चो भन्टा ५०, डल्ले भन्टा ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । घिउ सिमी ८०, टाटे सिमी ६०, तिते करेला ११०, लौका ६०, भिन्डी १००, सखरखण्ड १००, बरेला ४०, इस्कुस ३५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

Published Date: 01 January 2025


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता