डिहाइड्रेसनबाट बच्न पर्याप्त मात्रामा पानी पिउनुपर्छ

डिहाइड्रेसनबाट बच्न पर्याप्त मात्रामा पानी पिउनुपर्छ : Icon Khabar

काठमाडौँ, पुस १७ । पानी हाम्रो शरिरका लागि महत्वपूर्ण तत्व हो। शरिरको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ। रगत, माशंपेशी, हड्डी सबैमा पानी नभई हुँदैन। पसिना र पिसाबबाट हाम्रो शरिरको पानी जाने गर्छ। विज्ञहरुका अनुसार शरिरमा पानीको मात्रा सन्तुलित रुपमा राख्न दैनिक ८ गिलास पानी पिउनुपर्छ। शरिरबाट खेर गएको पानीको मात्रा अनुसार पानी पिउनुपर्छ। शरिरको उचित कार्यका अतिरिक्त विभिन्न रोगबाट बच्न पनि पर्याप्त पानी पिउनु पर्छ।

जब शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ।पानी बाहिर धेरै निस्किने स्थितिमा पानी पनि उत्तिकै पिउन जरुरी छ ।

१. थकान
पानीले शरीरलाई उर्जा दिन्छ। डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीको सबै प्रक्रियामा असर पर्छ। पानी कम हुने कारण थकान र सुस्तता महसुस हुन्छ। शरीरमा उर्जा नहुँदा मानिस शारीरिक रुपमा सक्रिय हुन सक्दैनन्।

२. श्वासप्रश्वासमा समस्या
जब शरीरमा पानीको कमी हुन्छ, त्यसपछि श्वासप्रश्वास प्रणालीमा समस्या पैदा हुन्छ। जसका कारण श्वास लिन समस्या हुन्छ। यदि अचानक दम हुन्छ भने बिरामीलाई बढीभन्दा बढी पानी पिउन दिनुपर्छ। पानीका साथ जूस, नरिवल पानी, लस्सी आदि भरपूर पिउन दिनुपर्छ। यसबाट तीब्र गतिमा श्वास लिने समस्या कम हुन्छ।

३. रक्तचाप
गर्मीमा अक्सर पसिना बढी बग्दा शरीरको रगतमा मौजूद पानीको मात्रामा कमी आउन सक्छ। यस्तो अवस्थामा धेरैपानी खाने सल्लाह दिइन्छ। उच्च रक्तचापका बिरामीले छिन छिनमा पानी पिउनुपर्छ। शरीरबाट पानी निस्क्यो भने रक्तचाप कम हुन सक्छ।

४. उच्च कोलेस्टेरोलको समस्या
उच्च कोलेस्टेरोल एक समस्या हो, जो मुटुका लागि घातक हुन सक्छ। जब आवश्यकताको हिसाबले पानी पिइदैंन, शरीरले बढी मात्रामा कोलेस्टेरोल निर्मा गर्छ। यदि शरीरलाई पर्याप्त पानी मिल्ने हो भने कोलेस्टेरोलको समस्या पैदा हुँदैन।

५. छालासम्बन्धी समस्या
पानीमार्फत छालाको राम्रो हेरचाह हुन्छ। छालाले शरीरका लागि सुरक्षाकवचको काम गर्छ। यसले पानीको स्तर पनि नियन्त्रित गर्छ। पानी भरपूर पिउनाले छाला नरम पनि बन्छ। पानीको कमी हुँदा छाला रुखो र निस्तेज हुन्छ। डिहाइड्रेसन हुँदा छालामा डर्मटाइटिस, सराइअसिसजस्ता विभिन्न समस्या निम्तने डर हुन्छ।

६. पाचनसम्बन्धी समस्या
शरीरले पर्याप्त पानी नपाउँदा क्याल्सियम र म्याग्नेसियमको कमी हुन्छ, जसबट शरीरमा पाचनसम्बन्धी कयौं समस्या निम्तन सक्छ। जस्तै, अल्सर, ग्यास आदि। खाना पचाउन पनि पानी आवश्यक हुन्छ।

७. मानसिक स्वास्थ्यमा असर
डिहाइड्रेसन मानिसको दिमागको कार्यकुशलतालाई प्रभावित गर्न सक्छ। लण्डनमा मनोचिकित्सा संस्थानका अनुसन्धानकर्ताहरुले के पाए भने शरीरमा जब पानीको कमी हुन्छ, त्यसले उसको दिमागी गतिविधिमा निकै असर पार्छ।

८. जोर्नीमा प्रभाव
पानीले हाम्रो जोर्नी र मांसपेशीलाई नरम बनाउँछ। यसको कमी हुनाले जोर्नी वा मांसपेशीमा पीडा हुन सक्छ। शरीरमा पानीको कमीका कारण रगतको मात्रामा पनि कमी आउन सक्छ। रगतमा आउने यो कमीका कारण जोर्नीको समस्या पनि आउन सक्छ।

९. मिर्गौलाको समस्या
शरीरमा निरन्तर चलिरहने अनेक खालका रासायनिक क्रियाका कारण केही विषालु तत्वको निर्माण हुन्छ। यी विषाक्त पर्दा शरीरबाट बाहिर निकाल्न जरुरतहुन्छ। पानी कमहुँँदा यस्ता विषालु तत्व शरीरमा बनिरहन्छन् र कयौं प्रकारका रोग लाग्न सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 January 2025
Website | + posts




ताजा
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने
आफूहरु संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने: एमाले नेता बस्नते


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने