साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालद्वारा दोस्रो स्थानमा हासिल

साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालद्वारा दोस्रो स्थानमा हासिल : Icon Khabar

काठमाडौं, माघ २७ । नेपाल साफ यू–२० च्याम्पियनसिपमा उपविजेता बनेको छ । ढाकास्थित बीएसएसएस मोस्तफा कमल रंगशालामा बिहीबार भएको फाइनल खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–० ले पराजित भएको हो ।

योसँगै नेपाल दोस्रो पटक उपविजेता बनेको छ । सन् २०१८ मा भएको पहिलो संस्करणमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएर उपविजेता बनेको थियो ।

त्यस्तै यस संस्करणमा नेपाल बंगलादेशसँग दुई पटक पराजित भएको थियो । चार राष्ट्रको च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

बिहीबार भएको फाइनल खेलमा बंगलादेशले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । ४२औं मिनेटमा साहेदा अख्तर रिपाले गोल गर्दै अग्रता लिएकी थिइन् ।

पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा कप्तान समसुन्नाहरले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । त्यस्तै, ८७ औं मिनेटमा बंगलादेशका लागि उनोती खातुनले गोल गरिन् ।

Published Date: 10 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा