साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालद्वारा दोस्रो स्थानमा हासिल

साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालद्वारा दोस्रो स्थानमा हासिल : Icon Khabar

काठमाडौं, माघ २७ । नेपाल साफ यू–२० च्याम्पियनसिपमा उपविजेता बनेको छ । ढाकास्थित बीएसएसएस मोस्तफा कमल रंगशालामा बिहीबार भएको फाइनल खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–० ले पराजित भएको हो ।

योसँगै नेपाल दोस्रो पटक उपविजेता बनेको छ । सन् २०१८ मा भएको पहिलो संस्करणमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएर उपविजेता बनेको थियो ।

त्यस्तै यस संस्करणमा नेपाल बंगलादेशसँग दुई पटक पराजित भएको थियो । चार राष्ट्रको च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

बिहीबार भएको फाइनल खेलमा बंगलादेशले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । ४२औं मिनेटमा साहेदा अख्तर रिपाले गोल गर्दै अग्रता लिएकी थिइन् ।

पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा कप्तान समसुन्नाहरले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । त्यस्तै, ८७ औं मिनेटमा बंगलादेशका लागि उनोती खातुनले गोल गरिन् ।

Published Date: 10 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?