सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी : Icon Khabar

काठमाडौं, माघ २७ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ । बालुवाटारमा बसेको बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरु सहभागी छन् । संयन्त्रको बैठकमा राष्ट्रपतिको निर्वाचनका साथै पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने बताइएको छ ।

बिहीबारका लागि बोलाइएको संयन्त्रको बैठक संयन्त्रका संयोजक तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहालबीच भएको भेटपछि शुक्रबार बिहानसम्मका लागि सारिएको हो । ओलीसँगको भेटपछि पत्रकारसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्रीले शुक्रबार बिहान संयन्त्रको बैठक बस्ने बताए ।

माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठनका लागि मङ्सिर २५ गते भएको सहमतिअनुसार पार्टीले सभापति पाउनुपर्ने सत्तारुढ एमालेको दाबी छ । तर माघ १० गते प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो । यस्तो अवस्थामा माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने तर्क गर्दै आएका छन् ।

Published Date: 10 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा