सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी : Icon Khabar

काठमाडौं, माघ २७ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ । बालुवाटारमा बसेको बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरु सहभागी छन् । संयन्त्रको बैठकमा राष्ट्रपतिको निर्वाचनका साथै पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने बताइएको छ ।

बिहीबारका लागि बोलाइएको संयन्त्रको बैठक संयन्त्रका संयोजक तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहालबीच भएको भेटपछि शुक्रबार बिहानसम्मका लागि सारिएको हो । ओलीसँगको भेटपछि पत्रकारसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्रीले शुक्रबार बिहान संयन्त्रको बैठक बस्ने बताए ।

माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठनका लागि मङ्सिर २५ गते भएको सहमतिअनुसार पार्टीले सभापति पाउनुपर्ने सत्तारुढ एमालेको दाबी छ । तर माघ १० गते प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो । यस्तो अवस्थामा माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने तर्क गर्दै आएका छन् ।

Published Date: 10 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?