आइकन मिडिया हाउस र आइकन खबर डटकमको दोश्रो वार्षिकोत्सव कार्यक्रम पुस १३ गते हुने

भक्तपुरको व्यवसायिक वातावरणमा प्यानल छलफल पनि हुने

आइकन मिडिया हाउस र आइकन खबर डटकमको दोश्रो वार्षिकोत्सव कार्यक्रम पुस १३ गते हुने : Icon Khabar

भक्तपुर, पुस ७ । आइकन मिडिया हाउस प्रा.लि, भक्तपुर र आइकन खबर डटकमको दोश्रो वार्षिकोत्सव समारोह यहि पुस १३ गते शनिबार हुने भएको छ। सोहि अवसरमा कम्पनीले “भक्तपुर जिल्लाको व्यवसायिक वातावरणमा हाम्रो चासो” विषयमा प्यानल छलफल पनि हुने भएको हो।

कार्यक्रममा उक्त मिडिया कम्पनीको २ वर्षे यात्रामा गरेका विभिन्न गतिविधि, कार्यक्रमबारे प्रस्तुति हुने र कम्पनीलाई नियमित रूपमा विज्ञापन उपलब्ध गराई सहयोग गर्ने विभिन्न संघसंस्थालाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ। साथै त्यस लगतै सुरू हुने प्यानल छलफलमा विभिन्न क्षेत्रका ६ जना व्यक्तित्वसंग भक्तपुर जिल्लाको व्यवसायिक वातावरणको अवस्था, चुनौती, समस्या र अवसरहरुका बारेमा कुराकानी हुने कम्पनीका प्रबन्ध निर्देशक अमित श्यामाले आइकन खबरलाई जानकारी दिए।

प्यानल छलफल भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष कविदास श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजा, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष कृष्णगोविन्द लाखाजु, प्याब्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र तुबन्जा श्रेष्ठ, होटल एसोसिएसन अफ भक्तपुरका अध्यक्ष सत्यराम सुवाल, अग्रज व्यवसायी विश्व राम कवांबीच हुने जनाइएको छ।

दोश्रो वार्षिकोत्सव कार्यक्रम र प्यानल छलफलक लागि टाइटल प्रायोजन गोर्खा इको प्यानलले गरेको छ। योसँगै इन एसोसिएसन विथमा आर्गस एजुकेशन भक्तपुर, पार्ट्नर्सहरुमा भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि, एरिकाज एजुकेशनल सर्भिस प्रा. लि., जिरो वान स्टुडियो र होटल सिटि गाउँ रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 December 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू