आइतबार नेप्से परिसूचक १३.५३ अंकले घट्यो

आइतबार नेप्से परिसूचक १३.५३ अंकले घट्यो : Icon Khabar

काठमाडौं, पुस ७ । आइतबार नेप्से परिसूचक १३.५३ विन्दुले घटेर २५८३.२९ अंकमा आएको छ ।

आज ४ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जम्मा २ वटा समूहका सूचकमात्र बढेका छन् । बजार घटे पनि यस दिन ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

आज ३१९ कम्पनीको ९१ लाख ८० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा रिभर फल्स पावर लिमिटेड अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र पिपुल्स पावर परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 December 2024
Website | + posts