आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस ८ । आज २०८१ पुस ८ गते सोमबार, तद्अनुसार २३ डिसेम्बर २०२४ । आज पुष कृष्ण अष्टमी, सौभाग्य कौलव उत्तर, गोरखकाली पूजा, सूर्योदय बिहानः ०६ः५१ बजे, सूर्यास्त साँझः १७ः१४ बजे ।

आजको राशिफल

मेष: आम्दानीमा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ । जागिरमा प्रभाव वृद्धि हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ । घर–परिवारमा सुख–शान्ति रहने छ । योजना पूरा हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ ।

वृष: आज केही नयाँ कार्य प्रारम्भ गर्ने योजना बन्ने छ । कुनै पनि कार्यमा हतार नगर्नु होला । सबै पक्षको सही मूल्यांकन गरेपछि मात्र निर्णय लिनु होला ।

मिथुन: मनावल बढ्ने छ । सकारात्मकता हावी हुनेछ । स्वास्थ्य सम्बन्धि चिन्ता बढ्न सक्छ ।

कर्कट: आज भाग्यका पूरा साथ रहने छ । व्यापार तथा कार्य क्षेत्र लाभदायक रहने छ । परिवारका सबै सदस्य तपाईंसंग खुशी रहने छन् ।

सिंह: अविवाहितहरुका लागि समय निकै राम्रो सावित हुनेछ । आज विवाहको प्रस्ताव आउन सक्ने छ । विद्यार्थीहरुका लागि पनि समय निकै राम्रो रहने छ ।

कन्या: आज व्यर्थको भागदौडबाट बच्नु होला । मानसिक सन्तुलन कायम राख्नु होला । आर्थिक स्थिति मजबूत रहने छ । देखावटी तथा आडम्बरबाट टाढै रहनु होला ।

तुला: आर्थिक क्रियाकलापमा वृद्धि हुनेछ । रोकिएका कार्यमा प्रगति हुनेछ । स्वास्थ्यका दृष्टिकोणले अहिले राम्रो समय छैन । सवारीसाधन चलाउँदा होशियार रहनु होला ।

वृश्चिक: जीवनसाथीबाट सहयोग पाइने छ । मेहनतको फल प्राप्त हुनेछ । कार्य सिद्धि हुनेछ । लगानी लाभदायक रने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ ।

धनु: कार्यमा बढी ज्यादा आक्रामक रहनु हुनेछ । व्यवसायिक यात्रा सफल रहने छ । भाग्यको साथ पाइने छ ।

मकर: आज कुनै महत्वपूर्ण व्यक्तिसंग भेटघाट हुनेछ । मनोवल उच्च हुनेछ । रोकिएको धन फिर्ता पाइने छ ।

कुम्भ: आज कार्यस्थलमा निकै प्रतिस्पर्धा हुनेछ । पराक्रमद्वारा बिग्रिएका कार्य पनि सफलतापूर्वक सम्पन्न हुनेछ । परिवारमा मतभेद पैदा हुनेछ ।

मीन: आजको दिन परिवारिक रुपमा निकै राम्रो रहने छ । परिवारमा हर्षोल्लासको वातावरण रहने छ । समाजमा मान–सम्मान बढ्ने छ । धनलाभ हुनेछ ।

Published Date: 23 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता