बुधबार नेप्से परिसूचक ५.६० अंकले घट्यो

बुधबार नेप्से परिसूचक ५.६० अंकले घट्यो : Icon Khabar

काठमाडौँ, पुस ३ । बुधबार नेप्से परिसूचक ५.६० अंक घटेर २६२८.२६ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ३४ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१४ स्टकको ४९ हजार ४२१ पटकको कारोबारमा ४ अर्ब २७ करोड ८२ हजार रुपैयाँबराबरको ८१ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको आज १५ करोड ५९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज रिभर फल्स पावरको १२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे ११ करोड नाघेको छ।

१३ उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। आज वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशत बढेको छ। आज लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.४२ प्रतिशत घटेको छ।

Published Date: 18 December 2024


ताजा
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली