बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता कायमै, राष्ट्र बैंकले निक्षेप तान्दै

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता कायमै, राष्ट्र बैंकले निक्षेप तान्दै : Icon Khabar

काठमाडौँ, पुस ३ । कर्जा लगानी बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता कायमै छ। बैंकहरूमा करिब सात खर्ब हाराहारी कर्जा लगानी योग्य रकम र तरलता छ।

यही कारण राष्ट्र बैंकले बैंकहरूबाट सातामै अर्बौ रकम तान्ने र छोड्ने गरिरहेको छ। बुधबार मात्रै राष्ट्र बैंकले बैंकहरूबाट एक खर्ब रूपैयाँ रकम तान्न लागेको हो।

राष्ट्र बैंकले २१ दिनको लागि यसरी बैंकहरूमा बढी भएको रकम तान्न लागेको हो। बैंकहरूले पुस २४ गते यो रकम फिर्ता पाउँनेछन्।

आज पुस ३ गते नै यसअघि बैंकहरूले राखेको एक खर्ब रूपैयाँ परिपक्व हुँदैछ। बैंकहरूले गत मंसिर १२ गते राखेको एक खर्ब रूपैयाँ परिपक्व भएपछि यति नै रकम प्रणालीबाट तान्न लागेको हो।

राष्ट्र बैंकले पटक–पटक गरेर बैंकहरूबाट एक सय १५ खर्बभन्दा धेरै रकम खिचिसकेको छ। यो रकम निश्चित समयको लागि तान्दै फेरि फिर्ता गर्दै गरेको कुल रकम हो।

पुस दुई गतेसम्मको तथ्यांक अनुसार बैंकहरूले राष्ट्र बैंकमा यसरी राखेको रकम तीन खर्ब ५९ अर्बसम्म छ। यस्तो सञ्चित रकम भने बढ्दो क्रममा छ। मंसिर ९ गते बैंकहरूले यसरी राखेको रकम मात्रै तीन खर्ब आठ अर्ब रूपैयाँ थियो।

Published Date: 18 December 2024
Website | + posts




















ताजा
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
हस्तमैथुन के हो ? यसका फाइदा, बेफाइदा र भ्रमबारे जान्नैपर्ने कुरा
भक्तपुरमा तीनदिने रोटरी पुस्तक प्रदर्शनी सम्पन्न


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक