जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा : Icon Khabar

काठमाडौँ, पुस ३ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स जनकपुर बोल्टस्सलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरको त्रिवि मैदानमा भएको पहिलो क्वालिफायर खेलमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो ।

टिमलाई पहिलो प्रतियोगिताको फाइनलमा पुर्‍याउने महत्वपूर्ण खेलमा ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले। उनले ५५ बलमा नटआउट ५८ रन बनाए । सुदूरपश्चिमको लागि साइब जाइबले २१ बलमा ३२, ब्रान्डन म्याकमुलेनले १९ बलमा २५ र दीपेन्द्रसिंह ऐरीले नटआउट २० रन बनाए ।

क्वालिफायरमा जनकपुरका कुनै पनि बलर प्रभावशाली देखिएनन् । कसिलो बलिङसामु खुलेर खेल्न नसक्दा जनकपुरले सुदूरपश्चिमकलाई १४० रनको मध्यम लक्ष्य दिएको थियो । जनकपुरलाई मध्यम स्कोरमा रोक्न सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ र सैब जइबले २ विकेट लिए ।

तर यो लक्ष्य सुदूरपश्चिमले ९ बल बाँकी हुँदै पूरा गर्‍यो । पराजित भएको जनकपुरले फाइनल प्रवेशको लागि कर्णाली याकसँग दोस्रो क्वालिफायर खेल्न पाउने छ । दोस्रो क्वालिफायर बिहीबार हुनेछ । एलिमिनेटरमा बुधबार कर्णालीले चितवन राइनोमाथि २१ रनको जीत हात पारेको थियो । दोस्रो क्वालिफायरमा भिड्ने जनकपुर र कर्णालीबीचको विजेताले एनपीएलको पहिलो उपाधिको लागि सुदूरपश्चिम रोयल्सविरुद्ध फाइनल खेल्नेछ । यो खेल आगामी शनिबार हुनेछ ।

Published Date: 18 December 2024


ताजा
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली