जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा : Icon Khabar

काठमाडौँ, पुस ३ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स जनकपुर बोल्टस्सलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरको त्रिवि मैदानमा भएको पहिलो क्वालिफायर खेलमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो ।

टिमलाई पहिलो प्रतियोगिताको फाइनलमा पुर्‍याउने महत्वपूर्ण खेलमा ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले। उनले ५५ बलमा नटआउट ५८ रन बनाए । सुदूरपश्चिमको लागि साइब जाइबले २१ बलमा ३२, ब्रान्डन म्याकमुलेनले १९ बलमा २५ र दीपेन्द्रसिंह ऐरीले नटआउट २० रन बनाए ।

क्वालिफायरमा जनकपुरका कुनै पनि बलर प्रभावशाली देखिएनन् । कसिलो बलिङसामु खुलेर खेल्न नसक्दा जनकपुरले सुदूरपश्चिमकलाई १४० रनको मध्यम लक्ष्य दिएको थियो । जनकपुरलाई मध्यम स्कोरमा रोक्न सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ र सैब जइबले २ विकेट लिए ।

तर यो लक्ष्य सुदूरपश्चिमले ९ बल बाँकी हुँदै पूरा गर्‍यो । पराजित भएको जनकपुरले फाइनल प्रवेशको लागि कर्णाली याकसँग दोस्रो क्वालिफायर खेल्न पाउने छ । दोस्रो क्वालिफायर बिहीबार हुनेछ । एलिमिनेटरमा बुधबार कर्णालीले चितवन राइनोमाथि २१ रनको जीत हात पारेको थियो । दोस्रो क्वालिफायरमा भिड्ने जनकपुर र कर्णालीबीचको विजेताले एनपीएलको पहिलो उपाधिको लागि सुदूरपश्चिम रोयल्सविरुद्ध फाइनल खेल्नेछ । यो खेल आगामी शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 December 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता