मनकामना केबलकार आज र भोलि बन्द हुने

मनकामना केबलकार आज र भोलि बन्द हुने : Icon Khabar

काठमाडौं, पुस १ । मनकामना केबलकार आज र भोलि दुई दिन बन्द भएको छ । टावर मर्मतका लागि भन्दै केबलकार सेवा बन्द गरिएको हो ।

मनकामना दर्शन सेवा प्रालिले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो । सूचनामा लेखिएअनुसार पुस ३ गते बुधबारदेखि पुनः सेवा सुरु हुने छ ।

केबलकार सेवा बन्द भए पनि बटम स्टेसनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् सन्चालन हुने प्रालिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 December 2024
Website | + posts