हारे पनि कर्णाली प्लेअफमा, काठमाडौं बाहिरियो

हारे पनि कर्णाली प्लेअफमा, काठमाडौं बाहिरियो : Icon Khabar

काठमाडौं, पुस १ । नेपाल प्रिमियर लिग (एनपीएली) मा कर्णाली याक्समाथि सुदूरपश्चिम रोयल्सले सहज जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १०२ रनको लक्ष्य पछ्याउदैं सुदूरपश्चिम रोयल्सले ६ विकेटको सहज जित निकालेको हो ।

आजको खेलसँगै एनपीएलको प्लेअफ समिकरण पूरा भएको छ । सोमबार लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेसँगै प्लेअफ समिकरण पूरा भयो । लिग चरणको २८ खेल सकिदा सुदूरपश्चिम १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । दोस्रो स्थानको जनकपुर बोल्ट्सले १० अंक जोड्यो ।

चितवन राइनोज ८ अंकसहित तेस्रो हुँदा अन्तिम खेलमा पराजित भएको कर्णाली ८ अंक जोडेर चौथो भयो। ८ अंक नै जोडेको काठमाडौं गुर्खाज भने रनरेटमा पछि पर्दै बाहिरियो । अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन् । तेस्रो र चौथो भएका चितवन र कर्णाली इलिमिनेटरमा भिड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 December 2024
Website | + posts




ताजा
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने
आफूहरु संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने: एमाले नेता बस्नते


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने