हारे पनि कर्णाली प्लेअफमा, काठमाडौं बाहिरियो

हारे पनि कर्णाली प्लेअफमा, काठमाडौं बाहिरियो : Icon Khabar

काठमाडौं, पुस १ । नेपाल प्रिमियर लिग (एनपीएली) मा कर्णाली याक्समाथि सुदूरपश्चिम रोयल्सले सहज जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १०२ रनको लक्ष्य पछ्याउदैं सुदूरपश्चिम रोयल्सले ६ विकेटको सहज जित निकालेको हो ।

आजको खेलसँगै एनपीएलको प्लेअफ समिकरण पूरा भएको छ । सोमबार लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेसँगै प्लेअफ समिकरण पूरा भयो । लिग चरणको २८ खेल सकिदा सुदूरपश्चिम १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । दोस्रो स्थानको जनकपुर बोल्ट्सले १० अंक जोड्यो ।

चितवन राइनोज ८ अंकसहित तेस्रो हुँदा अन्तिम खेलमा पराजित भएको कर्णाली ८ अंक जोडेर चौथो भयो। ८ अंक नै जोडेको काठमाडौं गुर्खाज भने रनरेटमा पछि पर्दै बाहिरियो । अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन् । तेस्रो र चौथो भएका चितवन र कर्णाली इलिमिनेटरमा भिड्ने छन् ।

Published Date: 16 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता