भक्तपुर, पुस १ । भक्तपुरमा जारी भक्तपुर् महोत्सवमा विभिन्न नपाका प्रमुख र उपप्रमुखहरुद्वारा भक्तपुर महोत्सवको अवलोकन गरेका छन्।
आइतबार मध्यपुर थिमी नपाका प्रमुख सुरेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जरी शाक्य, किर्तिपुर नपाकी उपप्रमुख शुभलक्ष्मी शाक्य, नागार्जुन नपाकी उपप्रमुख सुशिला अधिकारी, चन्द्रागिरी नपाकाकी उपप्रमुख बसन्ती श्रेष्ठ, गोदावरी नपाकी उपप्रमुख सुनिता महर्जन, शंकरापुर नपाकी उपप्रमुख समिता श्रेष्ठ र महाँकाल गाउँपालिकाकी उपाध्यक्ष डोमा माया गोलेले भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको भक्तपुर महोत्सवको अवलोकन गरे।
काठमाडौँ महानगरकी उपप्रमुख डंगोलले भक्तपुर नगरलाई यस महोत्सवले आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै यहाँको कला र संस्कृतिले जोसुकैलाई पनि लोभ्याउन सफल भएको उल्लेख गरिन्।
उपप्रमुखहरुको टोलीलले भक्तपुरको प्रशन्नशिल महाविहारस्थित कुमारी (जीवित देवी) प्रदर्शनी, नवदुर्गा प्रदर्शनी, ख्वप इन्जिनियरिङ कलेज, लिवालीस्थित शैक्षिक प्रदर्शनी र भक्तपुर दरबार क्षेत्र लायकुस्थित परम्परागत पोशाक प्रदर्शनी, नेवार जीवनशैलीको गतिविधि प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमलगायत विभिन्न स्थानमा भएको घरेलु उत्पादन तथा हस्तकलाको जीवन्त प्रदर्शनीको अवलोकन गरेका थिए।
अवलोकनको अन्तमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले अतिथि प्रमुख र उपप्रमुखहरुलाई भक्तपुर नपाका विभिन्न प्रकाशनहरु र मायाको चिनो हस्तान्तरण गरेकी थिइन्।
Published Date: 16 December 2024
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1