पाकिस्तानी नागरिकको ज्यान गएपछि एफआईएलाई कारबाही थाल्न निर्देशन

पाकिस्तानी नागरिकको ज्यान गएपछि एफआईएलाई कारबाही थाल्न निर्देशन : Icon Khabar

इस्लामाबाद, पुस १ । डुङ्गाबाट अवैध रूपमा युरोप प्रवेश गर्ने प्रयासमा पाकिस्तानी नागरिकको ज्यान गएपछि पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन नक्वीले आइतबार सङ्घीय अनुसन्धान एजेन्सी (एफआईए) लाई कारबाही थाल्न निर्देशन दिएका छन्। नक्वीले आपराधिक माफियाहरूलाई ध्वस्त पार्ने तत्काल आवश्यकतामा जोड दिए।

प्रधानमन्त्री शहबाज सरिफको आदेशमा उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयका अतिरिक्त सचिवको नेतृत्वमा समिति गठन गरिएको छ । समितिलाई पाँच दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ ।

ग्रीसको दक्षिणी टापु गाभडोस नजिकै काठको डुङ्गा पल्टिएपछि कम्तिमा पाँच आप्रवासी डुबेका थिए । धेरै अझै बेपत्ता छन् । कोस्ट गार्डले उनीहरूलाई क्रेट टापुमा सारिएको र बेपत्ताको सङ्ख्या अझै पुष्टि भइसकेको न्यूज इन्टरनेशनलले जनाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री सरिफले पनि डुङ्गा पल्टिँदा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरे । “उनले भविष्यमा यस्ता घटना हुन नदिन कडा सजाय र ठोस पहल गर्नुपर्नेमा जोड दिए ।”

सन् २०२३ जुन १४ मा पाकिस्तान, सिरिया र इजिप्टका करिब ७५० जना मानिस बोकेको एउटा डुङ्गा ग्रीस नजिकैको खुला समुद्रमा डुबेको थियो । कुल यात्रुमध्ये १०४ जना बाँच्न सफल भएका छन् भने ८२ जनाको शव निकालिएको थियो । – रासस/एएनआई

Published Date: 16 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता