प्रख्यात तबला वादक जाकिर हुसैनको निधन

प्रख्यात तबला वादक जाकिर हुसैनको निधन : Icon Khabar

मुम्बई, पुस १ । लोकप्रिय तबला वादक जाकिर हुसैनको निधन भएको छ। अमेरिकाको सान फ्रान्सिस्कोमा उपचारकै क्रममा उनको निधन भएको हो । उनी ७३ वर्षका थिए । उनलाई हृदय सम्बन्धि समस्याका कारणले उपचारका लागि अस्पतालमा भर्ना गरिएको परिवारका सदस्यले बताएका छन् ।

उनको परिवारले दिएको जानकारी अनुसार पछिल्लो दुई हप्तादेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेकोमा पछिल्लो समय उनको स्वास्थ्यमा थप जटिलता आएकाले आईसीयूमा भर्ना गरिएको थियो । जाकिर हुसैनको नेपाली समय अनुसार सोमवार बिहान निधन भएको उनको परिवारले पुष्टि गरेको छ । ‘विश्वका उत्कृष्ट संगीतकारहरुमध्येका एक जाकिर हुसैनको ७३ वर्षको उमेरमा हृदय सम्बन्धि रोगका कारण निधन भएको छ । उनले आफूभन्दा पछाडि एउटा अभूतपूर्व विरासत छाडेर गएका छन्’, हुसैनको परिवारको तर्फबाट भनिएको छ ।

जाकिर हुसैनको परिवारमा उनकी धर्मपत्नी एन्टोनिया मिनेकोला, उनका दुई छोरीहरु अनीसा कुरैशी तथा इसाबेला कुरैसी, उनका भाइ तौफिक तथा फजल कुरैशी तथा बहिनी खुर्शीद छन् ।

उस्ताद जाकिर हुसैनलाई उनको पुस्ताकै सबैभन्दा महान तबला वादक मानिन्छ । भारतका सबैभन्दा प्रसिद्ध शास्त्रीय संगीतकारहरुमध्येका एक जाकिर हुसैनले सन् १९८८ मा पध्म श्री, २००२ मा पद्यम भूषण तथा २०२३ मा पद्य विभूषणबाट सम्मानित गरिएको छ । आफ्नो करियरमा उनले पा“च वटा ग्रामी अवार्ड जितेका छन् । जाकिर हुसैनको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको थियो । उनका बुवा महान तबला वादक उस्ताद अल्लाह रक्खा कुरैशी थिए । उनको आमाको नाम बीबी बेगम थियो ।

उनले आफ्नो छ दशकको करियरमा भारत तथा विश्वका लागि विभिन्न लोकप्रिय कलाकारहरुसंग काम गरेका थिए । अंग्रेज गिटारिष्ट जोन म्याकलेलिनले १९७३ मा भारतीय भ्वाइलिन वादक एल.शंकर, तबला वादक जाकिर हुसैन तथा टी.एच, बिक्कू विनायकरामसंग फ्यूजन ब्याण्ड शक्ति को थालनी गरेका थिए, तर १९७७ पछि यो ब्याण्ड निष्कृय भयो ।

सन् १९७७ मा जोन म्याकलेनिनले पुनः यही अवधारणामा रिमेम्बर शक्ति नामबाट नयाँ ब्याण्ड बनाए र यसमा वी.सेल्वागणेश (टी.एच. विक्कू विनायकरामका छोरा), म्यान्डलिन प्लेयर यू.श्रीनिवास तथा शंकर महादेवनलाई समावेश गरेका छन् । सन् २००० मा यो व्याण्ड पुनः एक साथ आयो र शक्ति को रुपमा यसले ४६ वर्षपछि आफ्नो पहिलो एल्बम ‘दिस मोमेन्ट’ सार्वजनिक गर्यो ।

जाकिर हुसैनलाई विश्वकै एक संगीत सम्राटको रुपमा लिइन्छ । आफ्नो तबलाको धुनबाट विश्व तथा पुस्तालाई जोड्नमा उनले ठूलो योगदान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 December 2024
Website | + posts