काठमाडौं, पुस १ । पुस महिनाको पहिलो दिन आज सुनको भाउ ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० सय रुपैयाँले बढेर १ लाख ५१ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ रहेको थियो ।
यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ४० रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६५४.४० र चाँदी प्रतिऔंस ३०.५३ डलरमा कारोबार भइरहेको छ ।
Published Date: 16 December 2024
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1