आकर्षक तलबमा दुबई पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

आकर्षक तलबमा दुबई पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ : Icon Khabar

काठमाडौं, मंसिर २८ । आकर्षक तलबमा दुबई पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका -६ बस्ने ४६ वर्षीय मन्जित चित्रकार रहेका छन् । उनलाई काठमाडौंबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आकर्षक तलबमा दुबई पठाइ दिने भन्दै चित्रकारले पीडितसँग ४ लाख रुपैयाँ लिएको र त्यसपछि उनी सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरी समक्ष उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Published Date: 13 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता