पत्रकार महासंघ भक्तपुरको अध्यक्षमा सुन्दर शिल्पकार निर्वाचित

पत्रकार महासंघ भक्तपुरको अध्यक्षमा सुन्दर शिल्पकार निर्वाचित : Icon Khabar

भक्तपुर, मंसिर २९ । शुक्रबार सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा भक्तपुर शाखाको अध्यक्षमा सुन्दर शिल्पकार निर्वाचित भएका छन् ।

भक्तपुर शाखामा खसेको कूल १३६ मतमा ७५ मत प्राप्त गरि शिल्पकार निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्दी अध्यक्ष पदका अर्का उम्मेदवार जगत कृष्ण प्रजापतिले ५९ मत प्राप्त गरेका थिए।

योसँगै उपाध्यक्ष पदमा हेमराज ढकाल, महिला उपाध्यक्षमा नबिना खर्बुजा, सचिवमा दीपक ढुङ्गाना, सहसचिवमा दिनेश कार्की, राजल छुँका, कोषाध्यक्षमा राम गोपाल तमखु निर्वाचित भएका छन्।

त्यसैगरी महिला सदस्यमा सिर्जना खतिवडा, सदस्यहरूमा मनोज कुमार फुयाँल, मणिराम लामिछाने , पुष्पाकुमारी साउद, सुदर्शन आचार्य, नारायण थापा, केशव प्रसाद तिमिल्सिना, राम सुन्दर खाइजु र राज कुमार लामिछाने निर्वाचित भएका छन् भने केन्द्रीय परिषद् सदस्यहरूमा भने पेशल आचार्य, पूर्णभक्त दुवाल, जीवन ढुङ्गाना र रमेश गिरी निर्वाचित भएका छन् ।

शिल्पकार विगत लामो समयदेखि कान्तिपुर टेलिभिजनसंग आबद्व भई पत्रकारिता क्षेत्रमा क्रियाशील हुँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 December 2024
Website | + posts






ताजा
अमेरिकामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुग्यो
काठमाडौँ महानगरपालिकाद्वारा सडकमा फोहोर गर्ने एक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना
भारतमा रोयटर्सको आधिकारिक एक्स अकाउन्ट प्रतिबन्ध
अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आज बिहानदेखि यातायात सञ्चालनमा








ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न