पत्रकार महासंघ भक्तपुरको अध्यक्षमा सुन्दर शिल्पकार निर्वाचित

पत्रकार महासंघ भक्तपुरको अध्यक्षमा सुन्दर शिल्पकार निर्वाचित : Icon Khabar

भक्तपुर, मंसिर २९ । शुक्रबार सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा भक्तपुर शाखाको अध्यक्षमा सुन्दर शिल्पकार निर्वाचित भएका छन् ।

भक्तपुर शाखामा खसेको कूल १३६ मतमा ७५ मत प्राप्त गरि शिल्पकार निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्दी अध्यक्ष पदका अर्का उम्मेदवार जगत कृष्ण प्रजापतिले ५९ मत प्राप्त गरेका थिए।

योसँगै उपाध्यक्ष पदमा हेमराज ढकाल, महिला उपाध्यक्षमा नबिना खर्बुजा, सचिवमा दीपक ढुङ्गाना, सहसचिवमा दिनेश कार्की, राजल छुँका, कोषाध्यक्षमा राम गोपाल तमखु निर्वाचित भएका छन्।

त्यसैगरी महिला सदस्यमा सिर्जना खतिवडा, सदस्यहरूमा मनोज कुमार फुयाँल, मणिराम लामिछाने , पुष्पाकुमारी साउद, सुदर्शन आचार्य, नारायण थापा, केशव प्रसाद तिमिल्सिना, राम सुन्दर खाइजु र राज कुमार लामिछाने निर्वाचित भएका छन् भने केन्द्रीय परिषद् सदस्यहरूमा भने पेशल आचार्य, पूर्णभक्त दुवाल, जीवन ढुङ्गाना र रमेश गिरी निर्वाचित भएका छन् ।

शिल्पकार विगत लामो समयदेखि कान्तिपुर टेलिभिजनसंग आबद्व भई पत्रकारिता क्षेत्रमा क्रियाशील हुँदै आएका छन्।

Published Date: 14 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता