नेपाल पत्रकार महासंघको निर्वाचन जारी, अपराह्न ४ बजेसम्म मतदान गर्न पाइने

नेपाल पत्रकार महासंघको निर्वाचन जारी, अपराह्न ४ बजेसम्म मतदान गर्न पाइने : Icon Khabar

काठमाडौँ, मंसिर २८ । नेपाल पत्रकार महासंघको निर्वाचनमा शुक्रबार मतदान भइरहेको छ।

जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि एकैचोटी मतदान भएको हो। शुक्रबार बिहान १० बजेदेखि मतदान सुरू भएको हो भने अपराह्न ४ बजेसम्म मतदान गर्न पाइनेछ।

नेपाली कांग्रेसनिकट प्रेस युनियन र नेकपा (एमाले) निकट प्रेस चौतारीबीच गठबन्धन भएको छ भने नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरसहित विभिन्न ६ संगठनले अध्यक्षमा युनियनका बागी रमेश विष्टलाई समर्थन गरेका छन्।

चुनावी मैदानमा अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाबीच प्रतिस्पर्धा भइरहेको छ।

कांग्रेस र एमालेले पत्रकार महासंघ चुनावमा जिल्ला-जिल्लामा विज्ञप्ति निकालेर गठबन्धनका उम्मेदवारका पक्षमा भोट दिन अपिल गरेका छन्।

भक्तपुर, चितवन र मकवानपुरलगायत जिल्लामा कांग्रेस र एमालेले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारका पक्षमा भोट हाल्न आग्रह गरेका हुन्।

महासंघको वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन्।

महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।

केन्द्रीय समिति, १० प्रदेश समिति र लगभग सबै जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन गर्न निर्वाचन भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 December 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने