नेपाल पत्रकार महासंघको निर्वाचन जारी, अपराह्न ४ बजेसम्म मतदान गर्न पाइने

नेपाल पत्रकार महासंघको निर्वाचन जारी, अपराह्न ४ बजेसम्म मतदान गर्न पाइने : Icon Khabar

काठमाडौँ, मंसिर २८ । नेपाल पत्रकार महासंघको निर्वाचनमा शुक्रबार मतदान भइरहेको छ।

जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि एकैचोटी मतदान भएको हो। शुक्रबार बिहान १० बजेदेखि मतदान सुरू भएको हो भने अपराह्न ४ बजेसम्म मतदान गर्न पाइनेछ।

नेपाली कांग्रेसनिकट प्रेस युनियन र नेकपा (एमाले) निकट प्रेस चौतारीबीच गठबन्धन भएको छ भने नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरसहित विभिन्न ६ संगठनले अध्यक्षमा युनियनका बागी रमेश विष्टलाई समर्थन गरेका छन्।

चुनावी मैदानमा अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाबीच प्रतिस्पर्धा भइरहेको छ।

कांग्रेस र एमालेले पत्रकार महासंघ चुनावमा जिल्ला-जिल्लामा विज्ञप्ति निकालेर गठबन्धनका उम्मेदवारका पक्षमा भोट दिन अपिल गरेका छन्।

भक्तपुर, चितवन र मकवानपुरलगायत जिल्लामा कांग्रेस र एमालेले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारका पक्षमा भोट हाल्न आग्रह गरेका हुन्।

महासंघको वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन्।

महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।

केन्द्रीय समिति, १० प्रदेश समिति र लगभग सबै जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन गर्न निर्वाचन भएको हो।

Published Date: 13 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता