सौगात मल्ल अभिनीत फिल्म ‘बम बहादुर’को ट्रेलर सार्वजनिक

सौगात मल्ल अभिनीत फिल्म ‘बम बहादुर’को ट्रेलर सार्वजनिक : Icon Khabar

काठमाडौँ, मंसिर २७ । अभिनेता सौगात मल्ल अभिनीत फिल्म ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । सस्पेन्स, थ्रिल, र सोसल ड्रामाको अनुभव गराउने ट्रेलरमा विद्रोही भूमिकामा देखिएका अभिनेता मल्ल केन्द्रमा छन् । यो फिल्म आउँदो पुष ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

ट्रेलरमा ‘साहस र सङ्घर्षको नभनिएको कथा’को रूपमा भारतको दार्जिलिङ क्षेत्रको कथा उठान गरिएको छ । यसअघि टिजरमा ‘अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ । शिक्षित समाजलाई कसैले पनि दबाउन सक्दैन । शिक्षित समाज आफैँमा स्वर बनेर आफ्नो भविष्यका लागि उभिन सक्छ’ भन्ने भाष्य स्थापित गर्न खोजिएको थियो भने ट्रेलरमा एक युवाको मुक्ति सङ्घर्षलाई प्राथमिकतामा राखिएको छ । यो ट्रेलर शाहिल खानले सम्पादन गरेका हुन् ।

‘बम बहादुर’ले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूमा आधारित सन्देशमूलक र ऐतिहासिक सङ्घर्षलाई चित्रण गर्ने नेपाली चलचित्र रहेको निर्देशक जोन राईले बताए ।नेपाल र भारतमा एकै दिन रिलिज हुने यो चलचित्र १९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमाथि आधारित छ ।

Published Date: 12 December 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर