नेपाल पत्रकार महासंघको भोलि हुने तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा

नेपाल पत्रकार महासंघको भोलि हुने तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा : Icon Khabar

काठमाडौं, मंसिर २७ । नेपाल पत्रकार महासंघले भोलि मंसिर २८ गते शुक्रवार सम्पन्न हुने तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रा.चिरन्जीवी खनालद्वारा जारी विज्ञप्तीमा मंसिर २८ गते केन्द्रीय समिति, १० प्रदेश समिति तथा ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान हुने उल्लेख छ ।

निर्वाचनका लागि केन्द्र, प्रदेश र शाखाहरुमा उम्मेदवार मनोनयनको प्रक्रिया सम्पन्न भएको छ । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि केन्द्रीय निर्वाचन समितिले मतपत्र छापेर प्रदेश निर्वाचन समितिमार्फत शाखाहरुमा पुयाइसकेको छ ।

यसपटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ । केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलावी रङको मतपत्र रहेको छ । प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैँ छनोट गर्नेछन् ।

मतदाताले गोप्य मतदानबाट तीन तहको नेतृत्व छनोटका लागि मताधिकार प्रयोग गर्नेछन् । मतदानस्थलमा जाँदा आफ्नो परिचय खुल्ने म्याद भएको महासंघद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रसारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्विरसहितको परिचयपत्रका साथ उपस्थित भई मतदान गर्नु पर्नेछ ।

विज्ञप्तीमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्नका लागि महासंघका सम्पूर्ण मतदाता सदस्य तथा सरोकारवाला पक्षहरुलाई हार्दिक अनुरोध गरिएको छ ।

Published Date: 12 December 2024


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली