नेपालमा चीनबाट विभिन्न उच्च स्तरीय भ्रमणहरू सुरु

नेपालमा चीनबाट विभिन्न उच्च स्तरीय भ्रमणहरू सुरु : Icon Khabar

काठमाडौँ, मंसिर २७ । चीनले अघि सारेको अन्तर्राष्ट्रिय विकास रणनीतिक कार्यक्रम बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनमा आएपछि नेपालमा चीनबाट विभिन्न उच्च स्तरीय भ्रमणहरू सुरु भएका छन् ।

सरकारी प्रतिनिधिदेखि लिएर विभिन्न विज्ञहरूको टोली नेपाल आउन थालेका छन् । बीआरआइ अन्तर्गत रहेका विभिन्न परियोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न चीन हतारमा देखिएको छ । त्यसका लागि उसले आफ्ना विभिन्न विज्ञ समूहलाई सक्रिय गरेको छ ।

आजै मात्र चीनबाट उच्च स्तरीय दुईटा टोली नेपाल आउन लागेका छन् । स्रोतका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको हाइनान प्रान्तीय युनाइटेड फ्रन्ट वर्क विभागका उपमन्त्री वाङ यु चङको नेतृत्वमा एउटा टोली नेपाल आइ पुगेको छ भने चीनको क्वाङतोङ प्रान्तीय जातीय तथा धार्मिक मामिला आयोगका उपनिर्देशक चङ सिआओहुई नेतृत्वको प्रतिनिधिमण्डल बैंकक हुँदै नेपाल आइ पुग्ने बताइएको छ ।

उपमन्त्री चङ हाइनान प्रान्तीय सरकारको धार्मिक मामिला ब्युरोका निर्देशक हुन् । आजदेखि आइतवारसम्म हुने नानहाई बुद्धिज्म राउन्ड टेबलमा भाग लिनका लागि उनीहरू नेपाल आउन लागेको बताइएको छ ।

Published Date: 12 December 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर