‘पुष्पा २’ का अभिनेता अल्लू अर्जुन विरुद्व उजुरी

‘पुष्पा २’ का अभिनेता अल्लू अर्जुन विरुद्व उजुरी : Icon Khabar

मुम्बई, मंसिर २१ । दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनका प्रशंसकहरुका लागि एउटा चिन्तित बनाउने खबर सार्वजनिक भएको छ । वास्तवमा बुधवार साँझ हैदराबादको सन्ध्या थिएटरमा फिल्म ‘पुष्पा २’ को प्रीमियर शो आयोजना गरिएको थियो ।

त्यहाँ आफ्ना प्रशंसकहरुसंग भेटघाट गर्ने उद्देश्यले अभिनेता अल्लू अर्जुन पूर्व सूचित नगरि पुगेका थिए । आफ्ना मनपर्ने सुपरस्टार सिनेमा हलमा आएको खबरले त्यहाँ ठूलो भिडभाड भयो । भिडभाडकै क्रममा अभिनेतालाई हेर्नका लागि भागदौड नै मच्चियो ।

अहिले आएर यो प्रकरणलाई गम्भिरतापूर्वक लिँदै प्रहरीमा उजुरी नै दर्ता गरिएको छ । उक्त उजुरीमा अभिनेता अल्लू अर्जुनलाई आरोपी मानिएको छ । साथै सन्ध्या थिएटरको व्यवस्थापनविरुद्ध पनि मुद्दा परेको छ । उक्त दुर्घटनामा परि एक जना महिलाको निधन भएको छ भने उनका छोरा अचेत भएका थिए ।

भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार दिलसुखनगरमा बसोबास गर्ने ३९ वर्षीया रेवती आफ्ना श्रीमान् तथा दुई सन्तान श्री तेज (९ वर्षीय) तथा सान्विका (७ वर्षीया) संग सन्ध्या थिएटरमा फिल्म हेर्न पुगेकी थिइन् ।

अचानक अल्लू अर्जुन सिनेमा हलमा आएको हल्ला फैलियो, त्यसपछि भिडमा भागदौड मच्चियो । प्रहरीले तत्काल आमा र छोरालाई नजिककै अस्पताल पुर्याए, जहाँ रेवतीलाई मृत घोषित गरियो । उनका छोराको स्वास्थ्य अवस्था नाजुक भएको बताइन्छ । उनकै अर्कै अस्पतालमा रिफर गरिएको छ ।

उक्त घटनापछि अल्लू अर्जुनसंग उक्त घटनाका बारेमा विष्तृत छलफल गर्दा उनले आफूले आफ्ना प्रशंसकलाई असाध्यै प्रेम गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 December 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू